धम्काउने बानी अहिलेसम्म गएनछ ः एमाले अध्यक्ष ओली

चितवन,२५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको धम्क्याउने बानी अझैसम्म नगएको टिप्पणी गर्नुभएको छ । आज चितवनको नारायणगढमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धम्काएर खाएकाहरुको अहिलेसम्म पनि धम्काउने बानी नगएको बताउनुभएको हो ।

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनले हारे देश दुर्घटना हुने बताउनुभएको थियो । सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष ओलीले आज धम्काएर खानेहरुको बानी भए पनि अब जमना बदलिएको भन्दै अब धम्काएर काम नचल्ने बताउनुभएको छ । गठबन्धनले हारेमा कुनै दुर्घटना नहुने भन्दै अध्यक्ष ओलीले बरु अब घटना हुने र त्यो घटना गठबन्धनले नराम्रोसँग हार बेहोर्ने ठोकुवा गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले एमाले र राप्रपाले नेतृत्व गर्ने भरतपुर र माडी देशकै सुन्दर स्थानीय तह बन्ने बताउनुभयो । यी दुवै स्थानीय तह धेरै सम्भावना बोकेका स्थानीय तह भएको उल्लेख गर्दै उहाँले एमाले राप्रपाको गठबन्धन विजयी भए देशले हेर्न लायक स्थानीय तह हुने दाबी गर्नुभयो । स्थानीय तहहरु भनेको जनताको आशाको केन्द्रबिन्दु भएको उल्लेख गर्दै उहाँले यहीँ नै विभिन्न सम्भावनाहरु खोजेर युवाहरुलाई रोजगार दिनुपर्ने बताउनुभयो ।

नेकपा एमाले चितवनद्वारा आयोजित चुनावी सभालाई पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदीसहितका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal