मादक पदार्थ बिक्री वितरणमा प्रतिबन्ध
वालिङ,२५ वैशाख– स्याङ्जामा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको आज बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको सूचनामा भनिएको छ, स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, गृह मन्त्रालय निर्वाचन सेलको वैशाख २३ को पत्र तथा जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको वैशाख २५ गतेको बैठकबाट स्याङ्जा जिल्लाभर वैशाख २७ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको हुँदा यही मिति २०७९ साल वैशाख २७ गते राति १२ः०० बजेदेखि मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारी लागि यो सूचना आदेश जारी गरिएको छ ।
आदेशमा भनिएको छ यदी कोही कसैबाट यो आदेश विपरितको कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















