मादक पदार्थ बिक्री वितरणमा प्रतिबन्ध
वालिङ,२५ वैशाख– स्याङ्जामा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको आज बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको सूचनामा भनिएको छ, स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, गृह मन्त्रालय निर्वाचन सेलको वैशाख २३ को पत्र तथा जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको वैशाख २५ गतेको बैठकबाट स्याङ्जा जिल्लाभर वैशाख २७ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको हुँदा यही मिति २०७९ साल वैशाख २७ गते राति १२ः०० बजेदेखि मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारी लागि यो सूचना आदेश जारी गरिएको छ ।
आदेशमा भनिएको छ यदी कोही कसैबाट यो आदेश विपरितको कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















