स्याङ्जामा मतदान अधिकृत र सहायकलाई प्रशिक्षण
स्याङ्जा,२४ वैशाख–स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतह?लाई सुझाव दिनुभयो । चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो इमान्दारिता र जिम्मेवारी बहन गर्न उहांले सुझाउनुभयो । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आआफ्नो भूमिकामा रहनसमेत उहांले आग्रह गर्नुभयो ।
‘निर्वाचन जस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नु होला।’ उहांले भन्नुभयोे, ‘हाम्रा ब्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन। तपाईंह? ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं।’
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ आफना जिम्मेवारी पुरा गर्न सुझाव दिनुभयो । उहांले भन्नुभयोे, ‘कामका शिलशिलामा कहिंकतै समस्या आईपरेमा तपाईंहामी सामूहिक?पमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ । दिइएको जिम्मेवारी पुरा गर्नुहोस ।’
सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिईने निर्वाचन कार्यालय प्रमुख गु?प्रसाद मरासीनीले जानकारी दिनुभयो । कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, बिनोद पौडेल, विश्वप्रसाद रेग्मी, गु?प्रसाद मरासीनीले प्रशिक्षण दिनुभएको छ ।
स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत छन्। जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएका छन । ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन् । जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। ती मध्ये १ लाख २३ हजार ८६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन् ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















