कृषक संग मेयरका उम्मेदवार कोइराला

चापाकोट,२२ वैशाख– चापाकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका राजु कोइराला मतदातालाई भेटन खेतबारीमै पुग्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा घरदैलो गर्ने क्रममा खेतमा काम गरिरहेका कृषहरुलाई भेटेर नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

कोइरालाले एमालेका उम्मेदवारहरुले निर्वाचनमा जितेमा असलि किसानहरुलाई किसान मुखि कार्यक्रम ल्याएर सहयोग गर्ने समेत बताउनुभएको छ । कृषिबाटै धेरै जनतालाई रोजगारी दिन सकिने बताउदै आफुहरुले किसानमुखी कार्यक्रम ल्याएर किसानहरुलाई व्यावसायीक कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । कोइरालाले चपाकोट ६ सेखाममा खेत बारीमा मकै खन्दै गरेका कृषकहरुलाई सो कुरा बताउनुभएको हो ।

किसान संग कुरा गर्दै मेयरका उम्मेदवार कोइरालाले कृषिमा यान्त्री करणका साथै बजारिकरण र असलि किसानहरुको अनुदान दिन समेत आवश्यक देखिएको बताउदै किसानका समस्याहरुको पहिचान गरि सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभएको छ । उहाँले एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत प्रत्येक वडामा तरकारी विकास कार्यक्रम, तरकारी डेमो स्ट्रेसन, साना सिचाई लगायतका कार्यक्रममा अनुदान दिने समेत बताउनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal