कांग्रेसद्वारा चुनावी अभियानलाई तिब्रता टोल टोलमा पुगेर चुनावि प्रचारप्रसार
वालिङ,२२ वैशाख– नेपाली कांग्रेस वालिङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ । चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रमकाक्रममा बुधबार वालिङ १४ का फौदीखोला, कफ्लेटी, सिरबानी, हुल्काङ, डुम्रेभञ्ज्याङ, थाना, कोखेलगायतका स्थानमा पुगेर कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न ठाउँमा भएका कोणसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती तिवारीले जनताको हरेक सुख दुखमा प्रत्यक्षरुपमा सहभागी भएको स्थानीय सरकारका निवर्तमान प्रमुख एवं नेपाली कांग्रेसका उम्मेदवार दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह्रेसहितको नेपाली कांग्रेसको टिमलाई विजयी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिका एउटा गतिमा अगाडि बढेको बताउनुभयो । नगरबासीहरुको सल्लाह, सुझाव र सहयोगबाट विभिन्न क्षेत्रमा बृहत नगरस्तरीय योजना बनाई कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पुरा गर्नकालागि र आधारभूत तहको स्मार्ट सिटी निर्माण गर्न नेपाली काग्रेसलाई विजयी गराउन नगर प्रमुखका उम्मेदवार खाँणले अनुरोध गर्नुभयो । “बाहिर विभिन्न अफवाहरु फैलाईएको छ, त्यसमा कुनै सत्यता छैन” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “नगरले अगाडि बढाएका विभिन्न कार्यहरुमा अवरोध सिर्जना गरिएका छन्, यसमा नागरिकहरु सचेत हुनु आवश्यक छ ।”
कार्यक्रममा उपप्रमुख पदकी उम्मेदवार कविता गैह्रेले जबसम्म नागरिकको आर्थिक विकास हुन सक्दैन तबसम्म नगरको विकास हुन नसक्ने भएकाले आर्थिक विकासकालागि उद्यमशीलताका कार्यहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















