नेपाली कांग्रेस परित्याग गरि तरुणदलका सभापति सहित दर्जनौ कार्यक्रता एमालेमा प्रवेश


वालिङ,२० वैशाख– नेपाली कांग्रेस परित्याग गरि वालिङ नगरपालिका वडा नम्बर ९ तरुणदलका सभापति धन बहादुर गुरुङ एमालेमा प्रवेश गर्नुभएको छ । सभापति गुरुङर्ला नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले पार्टी प्रवेश गराउनुभएको हो । यसै गरी दलित उत्थान समिति वालिङका नगर सभापति दिनेश एस के पनि एमालेमा प्रेवश गर्नुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाच नजिकिए संगै एमालेमा प्रवेश गर्ने लहनै चलेको छ । वालिङ नगरपालिका वडा नम्बर ११ मा पनि नेपाली कांग्रेस परित्याग गरेर करिब एक दर्जन कांग्रेस कार्यक्रर्ता एमालेमा प्रवेश गरेकाछन् । एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी एमाले नेतृ पद्मा अर्याल, नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी लगायतले कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नुभएका नेता कार्यक्रतालाई स्वागत गर्नुभएको थियो ।

एमाले प्रवेश गर्नेहरुमा केदार बहादुर राना, बोधराज तिवारी, ज्ञान निधी पराजुली, नेत्र बहादुर विक, होल बहादुर विक, नीर बहादुर अर्याल, थमन बहादुर राना, चोलाकान्त कुँवर, मुक्त बहादुर थापा लगायतका रहनुभएको छ । नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै नेकपा एमाले नेत्रृ अर्यालले एमालेले मात्रै देशमा समृद्धि ल्याउने बताउदै समृद्धिको यात्रामा जोडिन सबै नेपालीलाई आग्रह गर्नुभयो । एमाले प्रवेश गर्नेहरुको अहिले देशैभर लहर चलिरहेको र एमालेको विरुद्धमा बनेको पाँच दलिय गठबन्धनलाई स्थानीय तहको निर्वाचन बाट जवाफ दिने बताउदै उच्च मनोबलका साथ निर्वाचनमा खटन समेत आग्रह गर्नुभयो । विभिन्न ठाउँमा एमाले विरुध भएका गतिविधिहरुको प्रतिवाद गर्न एमाले तयार रहेको बताउदै सत्ता र सक्तिको आडमा एमाले कार्यक्रर्ताहरु माथि आक्रमण भएको सचिव अर्यालको भनाइ थियो ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal