आचारसंहिताविरुद्ध जानेलाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत

काठमाडौँ, १९ वैशाख– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पत्रकार आचारसंहिता लागू गरेको छ । निर्वाचनका लागि पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न भन्दै आयोगले आचारसंहिता लागू गरेको हो । 

पत्रकारले आचारसंहिताको सहि सदुपयोग गर्नुपर्ने भन्दै पत्रकारका लागि निर्वाचनको समयमा मात्र आचारसंहिता लागू नभई सधैँ लागू हुने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । पत्रकारका लागि सधैँ आचारसंहिता लागू हुन्छ, निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कसैले कुनै पनि काम गर्न नहुने भनाइ अध्यक्ष बस्नेतको छ ।

प्रेस काउन्सिलले सबै मिडिया तथा पत्रकारलाई तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरेको छ । ‘यसको गरिमा, साख र चरित्र बचाउन हरेक पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ,’अध्यक्ष बस्नेतले भन्नुभयो,‘पत्रकार सधैँ आचारसंहिताभित्र बस्नुपर्छ, आचारसंहिताभित्र नबस्नेलाई काउन्सिलले कारबाही गर्छ ।’

पत्रकार निर्वाचनका बेला झन् बढी सचेत, सजग र निष्पक्ष हुनुपर्छ । ‘पत्रकार चुनवामा अझ गम्भीर हुनुपर्छ, किनभने, पत्रकारले कसैको पक्ष लिएर, ढल्केर, समाचार सम्प्रेषण गरेमा खास कुरा जनतामा नपुग्ने हुन्छ,’ यो समयमा सबै सञ्चारकर्मीहरुले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितालाई विशेष ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । 

निर्वाचन आचारसंहितामा सञ्चार पत्रकारले कसैको पनि पक्ष वा विपक्षमा लेख्नु हुँदैन । फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव, इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न र सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने पनि उहाँको भनाइ छ । 

अध्यक्ष बस्नेतका अनुसार, गलत, भ्रामक चरित्रहत्या हुने लाञ्छनालगाउने मानहानि हुने वा निर्वाचनलाई प्रभाव पार्ने सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामासमेत आँच पुग्ने हुन्छ । यस्ता कार्य नगर्न नगराउ आयोगले पनि आग्रह गरेको छ ।

केही चुनावको सामग्री, विचार, एकपक्षीय, पूर्वग्राही, द्वेषपूर्ण, एक–अर्कालाई गाली गर्ने, अस्वस्थ पत्रकारिता भएको कुरा काउन्सिलको अनुगमनमा देखिएको भन्दै त्यसता मिडियालाई काउन्सिलले ध्यानाकर्षण गराउने, नदोहो¥याउनका लागि आग्रह गर्नेलगायतका कामहरु गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले आचारसंहिताको पालना गर्दै सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्नु पत्रकारको मूल दायित्व रहेकाले त्यतातिर ध्यान दिन सबै पत्रकारलाई आग्रह गर्नुभयो ।

यस्तै, राजनीतिक दल, दलका भ्रातृ सङ्गठनका लागि पनि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । आचारसंहिताको परिच्छेद–४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ । 

जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ । निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक पनि लगाइएको छ । 

सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिई प्रचार सामग्री टाँस्नसमेत नपाइने छ । आयोगले यस्ता सामग्री सामाजिक सञ्जालमा फैलाउनेलाई निर्वाचन आचारसंहिता, निर्वाचन आयोग ऐन र निर्वाचन कसुर सजाय ऐनसहित प्रचलित कानूनअनुसार कानूनी कारबाहीको चेतावनी दिएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोग ऐनले एक लाख रुपियाँसम्म जरिवाना र उम्मेदवारबाट कसुर भएको अवस्थामा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने व्यवस्था छ । 

आयोगको ध्यानाकर्षण

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को उलङ्घन हुने गरी कतिपय सञ्चारमाध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा यो या त्यो पक्षले जित्ने वा हार्ने भन्ने जस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्रीसमेत प्रकाशन र प्रसारण गरिरहेकामा आयोगको ध्यानाकर्षण भएको छ । 

आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा सञ्चारमाध्यमहरुका निर्वाचनसँग सम्बन्धित सबै सामग्रीको नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता विपरीतका कुनै पनि साम्रग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन आयोग सबै सञ्चारमाध्यमलाई पुनः आग्रह गरेको छ । 

साथै आचारसंहिताविपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सम्बन्धित सबै पक्षमा आयोग अनुरोध पनि गरेको छ ।स्रोतःगोरखापत्र

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal