नेकपा एस स्याङ्जाका सचिव सहित दर्जनौ युवा एमाले प्रवेश

पोखरा,१९ वैशाख– नेकपा एस स्याङ्जाका सचिव सहित दर्जनौ युवाहरु एमालेमा प्रवेश गरेकाछन् । आज पोखरामा एक कार्यक्रमका विच नेकपा एसका जिल्ला सचिव एवं गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली, गण्डकी प्रदेश समिति सदस्य नेत्र बहादुर थापा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाई लगाएतका दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

यसै गरी एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, सोहि पार्टीका स्याङ्जा जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी र दिपक नेपाली,एस निकट युवा संघका केन्द्रीय सदस्य बरुण चौधरी,युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार, सचिव बुद्धिमान श्रेष्ठ, युवा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपाली लगाएत रहेकाछन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सीता सुन्दास लगाएतले पोखरामा आयोजित एक कार्यक्रमका विच पार्टीमा प्रवेश गराउनुभएको हो ।

आधिखोला पोखरा सम्पर्क मंचद्वारा पोखरामा आयोजित स्वागत कार्यक्रममा एमाले उपमहासचिव गुरुङले प्रतिक्रीयाबादिहरुको भ्रमको पर्दा बिस्तारै च्यादिदै गएको बताउदै निष्ठावान कार्यकर्ताहरु देशैभरी एमालेमा फर्किने क्रम जारि भएको बताउनुभयो । एमालेको नीति र बिचारमा कुनै खोट नभएको कुरा आम कार्यकर्ताहरुको घर फिर्ती हुने क्रमले पुष्टी हुदै गएको बताउनुभयो । माधब नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नभएको र बिचार बिहिन पार्टी क्रमश दक्षिणपन्थी भासमा भासिदै गएको समेत उपमहासचिव गुरुङले दाबि गर्नुभयो । उहाँले बिचार बिनाको भुत्ते पार्टीको कुनै अर्थ नहुने हुदा सम्पूर्ण एमाले प्रेमीहरुलाई घर फर्कन आग्रह गर्नुभयो । सो अबसरमा एमालेका केन्द्रीय सदस्य सदस्य सिता सुन्दास, एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु सुधिर कुमार पौडेल,सोभियत ढकाल लगाएतले पार्टीमा प्रवेश गरेका दर्जानौ युवाहरुलाई एमालेमा स्वागत् गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal