नारायणगढमा आगलागी, मेयरका उम्मेदवार सुवेदीद्वारा पीडितलाई सान्त्वना

चितवन,१५ वैशाख– नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ ।
भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै घटनाका पीडितहरुलाई महानगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । सुवेदीले पीडित र स्थानीयवासीलाई भेटेर उनीहरुको गुनासो समेत बुझ्नुभएको थियो । महानगरपालिकामा विद्युत्का तारहरु अव्यवस्थित भएकाले तिनीहरुलाई व्यवस्थित पार्नुपर्ने महानगरपालिकाको दायित्व भएको सुवेदीले बताउनुभयो ।

विपद्का घटनाहरु मानिसले नचाहेर पनि हुने उल्लेख गर्दै मेयरका उम्मेदवार सुवेदीले त्यस्तो घटना रोकथाम र नियन्त्रणका लागि महानगरपालिका सचेत र चनाखो हुनुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने सुवेदीको भनाइ थियो ।
भरतपुर महानगरपालिका कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको घटनास्थलमा बिहान २ः३० बजेपछि मात्रै दमकल पुगेको थियो । ढिलागरी दमकल पुग्नु र पुरानो दमकलले राम्रोसँग पानी हाल्न नसकेपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको स्थानीयले सुवेदी समक्षसँग गुनासो गरेका थिए । महानगरपालिकाको दमकलले पानी निभाउन पानी फाल्दा आधा पानी भुईँमा पोखिएको भन्दै स्थानीयको गुनासो थियो ।
भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal