नारायणगढमा आगलागी, मेयरका उम्मेदवार सुवेदीद्वारा पीडितलाई सान्त्वना

चितवन,१५ वैशाख– नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ ।
भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै घटनाका पीडितहरुलाई महानगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । सुवेदीले पीडित र स्थानीयवासीलाई भेटेर उनीहरुको गुनासो समेत बुझ्नुभएको थियो । महानगरपालिकामा विद्युत्का तारहरु अव्यवस्थित भएकाले तिनीहरुलाई व्यवस्थित पार्नुपर्ने महानगरपालिकाको दायित्व भएको सुवेदीले बताउनुभयो ।

विपद्का घटनाहरु मानिसले नचाहेर पनि हुने उल्लेख गर्दै मेयरका उम्मेदवार सुवेदीले त्यस्तो घटना रोकथाम र नियन्त्रणका लागि महानगरपालिका सचेत र चनाखो हुनुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने सुवेदीको भनाइ थियो ।
भरतपुर महानगरपालिका कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको घटनास्थलमा बिहान २ः३० बजेपछि मात्रै दमकल पुगेको थियो । ढिलागरी दमकल पुग्नु र पुरानो दमकलले राम्रोसँग पानी हाल्न नसकेपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको स्थानीयले सुवेदी समक्षसँग गुनासो गरेका थिए । महानगरपालिकाको दमकलले पानी निभाउन पानी फाल्दा आधा पानी भुईँमा पोखिएको भन्दै स्थानीयको गुनासो थियो ।
भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal