डाडाखर्कमा जिप दुर्घटना हुदा घाईते भएका ६ जनाको पोखरामा उपचार हुदै


वालिङ,४ वैशाख– वालिङ नगरपालिका १२ डाडाखर्कमा आइतबार बिहान जिप दुर्घटनामा परि घाइते भएका ६ जनाको पोखरामा उपचार भइरहेको छ ।
डाडाखर्कबाट झलुङ्गे बजार तर्फ आउदै गरेको ग १ ज ७३९९ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने गम्भीर घाईते भएका ६ जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
घटना स्थलमै ४ जनाको मृत्यु भएको र उपचरको लागि अस्ताल ल्याउदै गर्दा एक बालकको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ६५ वर्षका वीर बहादुर डाला, ४५ वर्षका हिरा डाला, २५ वर्षीया शर्मिला सारू, उहाँको सात महिने छोरा, ६१ वर्षीया कुल कुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा वालिङल १२ डाडाखर्कका अन्दाजी ६० वर्षका अंग बहादुर डाला, ५५ वर्षीया माया कुमारी शारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नबिना शारु, १९ वर्षीय लक्ष्मी डाला र ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँमै भएको दुःखद घटनाले यतीबेला गाउँ शोकमा डुबेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal