मासुमा अनुदानको व्यवस्था गर्छौ ः नगरप्रमुख अधिकारी
गल्याङ,१६ चैत– गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले मासुमा अनुदान दिने बताउनुभएको छ । कृषकले मासु जन्य वस्तुको उत्पादन गरेका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको हो । मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको नगरप्रमुख अधिकारीको भनाइ थियो ।
बुधबार गल्याङमा भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा किसानले मासु वा मासु जन्य वस्तुको विकृ गरेको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, “दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँदैछौं ।”

उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु अनुदान पुग्ने भन्दै उहाँले कागजपत्र मिलाएर अनुदान लिने तथा आफ्नालाई मात्रै अनुदान दिने अवस्थाको अन्त्य गर्ने अभियानमा आफुरहेको समेत नगरप्रमुख अधिकारीले बताउनुभयो । नगरप्रमुख अधिकारीले निर्वाचित प्रतिनिधि सबैको साझा हुने भएकाले अनुदान तथा अन्य कामहरुमा भेदभाव गर्न नहुनेमा जोडमा दिनुभयो ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको जिल्ला अधिवेशन गल्याङमा भएकोमा आफु हर्सित भएको भन्दै उहाँले किसानका लागि गर्नुपर्ने कामका लागि आवश्यक सुझाब दिन महासंघसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताउनुभयो । उहाँले किसान सबैको भगवान भएकाले सबै पक्षले किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल व्यवसायिक बाख्रापालक महासंघका महासचिव अमृत तिवारीले युवाहरु कृषि क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विदेशी भूमिमा परिश्रम गर्नुभन्दा स्वदेशमै कृषि क्षेत्रबाट आर्थिक अवस्था सुदृढ बनाउन सकिने बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख तथा नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशिल अर्यालले बाख्रापालन गर्दा प्राविधिक पक्ष, दाना, घाँस लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















