एमाले टोलभेलामा व्यस्त


वालिङ,१४ फागुन– नेपाल कम्युनिष्ट पार्टी एमालले निर्वाचनको मिति घोषणा भए संगै कार्यक्रता भेटघाटका साथै विभिन्न वाडमा टोलभेला गर्ने कार्यलाई तिब्रता दिएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले नगर भित्र रहेका वडाहरुमा पुगेर टोलभेलाका साथै टोल कमिटीहरुको समेत गठन गरेको छ । शुक्रबार वालिङ नगरपालिका १२ को ८ नम्बर टोल र ९ नम्बर टोलमा टोलभेला सम्पन्न भएको छ ।


टोल भेलामा बोल्दै नगरकमिटी अध्यक्ष शोभाकान्त पौडेलले नेकपा एमालेले चुनावी अभियानका साथ नगरभित्रका वडाहरुमा कार्यक्रता भेटघाट एवं टोलभेला कार्यक्रमलाई तिब्ररुपमा अगाडी बढाएको बताउनुभयो । वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उमेद्वारहरुलाई बिजयी गराउने योजनाका साथ अहिले देखिनै लाग्न समेत पौडेलले कार्यक्रताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रता भेलालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो, ‘नेकपा एमाले नै यो देशको विकासको सारथी भएकोले देशको विकासका साथै जनताको हितको लागि एमालेको विजयी आवश्यक छ, त्यसैले तपाईहरु आजै देखि एमालेलाई जिताउने अभियानमा योजना वद्ध रुपमा अगाडी बढ्नुहोस ।’


कार्यक्रममा बोल्ने बक्ताहरुले एमालेको नीति र सहि बिचारले मात्रै देशलाई निकास दिन सक्ने भएकोले एमालेलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापीत गर्नुपर्ने बताएका थिए ।
वालिङ नगरपालिका वडा नम्बर १२ स्थीत धनमुडामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका पुर्व सदस्य विश्वजंग गुरुङ, नगरकमिटी सदस्य भोजराज भण्डारी नेकपा एमाले १२ नम्बर वडा कमिटीका पूर्व अध्यक्ष टिकाराम पराजुली, वडा कमिटी उपाध्यक्ष टेकलाल न्यौपाने लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । वडा कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव देउकुमारी गुरुङले गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal