एमाले टोलभेलामा व्यस्त
वालिङ,१४ फागुन– नेपाल कम्युनिष्ट पार्टी एमालले निर्वाचनको मिति घोषणा भए संगै कार्यक्रता भेटघाटका साथै विभिन्न वाडमा टोलभेला गर्ने कार्यलाई तिब्रता दिएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले नगर भित्र रहेका वडाहरुमा पुगेर टोलभेलाका साथै टोल कमिटीहरुको समेत गठन गरेको छ । शुक्रबार वालिङ नगरपालिका १२ को ८ नम्बर टोल र ९ नम्बर टोलमा टोलभेला सम्पन्न भएको छ ।


टोल भेलामा बोल्दै नगरकमिटी अध्यक्ष शोभाकान्त पौडेलले नेकपा एमालेले चुनावी अभियानका साथ नगरभित्रका वडाहरुमा कार्यक्रता भेटघाट एवं टोलभेला कार्यक्रमलाई तिब्ररुपमा अगाडी बढाएको बताउनुभयो । वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उमेद्वारहरुलाई बिजयी गराउने योजनाका साथ अहिले देखिनै लाग्न समेत पौडेलले कार्यक्रताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रता भेलालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो, ‘नेकपा एमाले नै यो देशको विकासको सारथी भएकोले देशको विकासका साथै जनताको हितको लागि एमालेको विजयी आवश्यक छ, त्यसैले तपाईहरु आजै देखि एमालेलाई जिताउने अभियानमा योजना वद्ध रुपमा अगाडी बढ्नुहोस ।’

कार्यक्रममा बोल्ने बक्ताहरुले एमालेको नीति र सहि बिचारले मात्रै देशलाई निकास दिन सक्ने भएकोले एमालेलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापीत गर्नुपर्ने बताएका थिए ।
वालिङ नगरपालिका वडा नम्बर १२ स्थीत धनमुडामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका पुर्व सदस्य विश्वजंग गुरुङ, नगरकमिटी सदस्य भोजराज भण्डारी नेकपा एमाले १२ नम्बर वडा कमिटीका पूर्व अध्यक्ष टिकाराम पराजुली, वडा कमिटी उपाध्यक्ष टेकलाल न्यौपाने लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । वडा कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव देउकुमारी गुरुङले गर्नुभएको थियो ।

ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















