कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

 

पोखरा,१४फागुन– पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरा स्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्तले सो कविता कृतिको विमोचन गर्नु भएको हो । 
सागरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाका अध्यक्ष तथा साहित्यकार शम्भु अर्यालको सभापतित्व तथा बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. भूमिराज बास्ताकोटीले कृतिको समीक्षा प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै डा. बास्तकोटीले कविता लेखनमा साधना आवश्यक रहेको र सो कृति दुई खण्डमा बाँढिएको उल्लेख गर्नु भयो सङ्ग्रहभित्रका कविताहरुमा निकै सबल पक्ष रहे पनि कविताहरू पक्षधरता, प्रकृति र आध्यात्मिक विषय बस्तुमा लेखिएसँगै अझै केही सुधार्न सक्ने पाटोहरू रहेको उहाँले बताउनु भयो । कार्यक्रममा सङ्ग्रह प्रकाशकको तर्फबाट नरेन्द्र कुमार नगरकोटी, प्रमुख अतिथि सरुभक्त, विशेष अतिथि रमेश श्रेष्ठ लगायतले शुभकामना मन्त्तव्य राख्नु भएको थियो । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाकी सदस्य तथा कवि टुकादेवी आचार्यले कार्यक्रमबारे प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन शाखाकी सचिव तथा कवि लिली अधिकारीले गर्नु भएको थियो । 
कलम प्रकाशनले बजारमा ल्याएको सो कविता सङ्ग्रहमा लामा छोटा गरि ५३ ओटा कविताहरू रहेका छन । कवि रोशन तिमिल्सिना सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाका सदस्य समेत हुनुहुन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal