कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

 

पोखरा,१४फागुन– पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरा स्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्तले सो कविता कृतिको विमोचन गर्नु भएको हो । 
सागरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाका अध्यक्ष तथा साहित्यकार शम्भु अर्यालको सभापतित्व तथा बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. भूमिराज बास्ताकोटीले कृतिको समीक्षा प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै डा. बास्तकोटीले कविता लेखनमा साधना आवश्यक रहेको र सो कृति दुई खण्डमा बाँढिएको उल्लेख गर्नु भयो सङ्ग्रहभित्रका कविताहरुमा निकै सबल पक्ष रहे पनि कविताहरू पक्षधरता, प्रकृति र आध्यात्मिक विषय बस्तुमा लेखिएसँगै अझै केही सुधार्न सक्ने पाटोहरू रहेको उहाँले बताउनु भयो । कार्यक्रममा सङ्ग्रह प्रकाशकको तर्फबाट नरेन्द्र कुमार नगरकोटी, प्रमुख अतिथि सरुभक्त, विशेष अतिथि रमेश श्रेष्ठ लगायतले शुभकामना मन्त्तव्य राख्नु भएको थियो । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाकी सदस्य तथा कवि टुकादेवी आचार्यले कार्यक्रमबारे प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन शाखाकी सचिव तथा कवि लिली अधिकारीले गर्नु भएको थियो । 
कलम प्रकाशनले बजारमा ल्याएको सो कविता सङ्ग्रहमा लामा छोटा गरि ५३ ओटा कविताहरू रहेका छन । कवि रोशन तिमिल्सिना सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाका सदस्य समेत हुनुहुन्छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal