आँधीखोला गाउँपालिका अध्यक्ष पौडेलद्वारा नवनिर्मित भवनकोे उद्घाटन


वालिङ,११ फागुन– आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमा निर्माण गरिएको वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले नवनिर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारेमा जानकारी दिनुभएको थियो । व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप सबै वडा कार्यालय भवनको निर्माण गर्ने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
कुनै पनि विकास निर्माणका कामहरु गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।


गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को रु ९८ लाखको लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । वडा नं. ४ का वडा अध्यक्ष चिन्तामणी पौडेलले वडा कार्यालयबाट हुने सेवा प्रवाह अब थप प्रभावकारी हुने बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal