प्रेस चौतारी नेपालको ९औं महाधिवेशनको लोगो सार्वजनिक
पोखरा,८ फागुन–प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक पछि बैठकमा बोल्दै इन्चार्ज गुरुङले प्रेस चौतारी एमालेको २२ वटा जनसंगठनमध्येमा सबैभन्दा व्यवस्थित र गतिशिल जनसंगठन हुने विश्वास आफूले लिएको बताउनुभयो ।

‘व्यवस्थितको नमूना सबैभन्दा पहिले भव्यतवरबाट महाधिवेशन सम्पन्न गरेर पेस गर्नु पनि हो,’ उहाँले भन्नुभयो, ‘स्वाभिमानको कुरा छ । गण्डकी प्रदेशको राजधानीमा महाधिवेशन आयोजना हुँदै छ यसअघि मोफसलमा आयोजना भएका भन्दा राम्रो गर्नुपर्छ ।’
पोखरामै महाधिवेशन गर्नुको कारण यहाँको पर्यटन अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने अपेक्षा सहित आयोजना तय गरिएको उपमहासचिव गुरुङले बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले महाधिवेशनलाई सबै पक्षबाट उदाहरणीय बनाउन योजनाका साथ अघि बढेको बताउनुभयो । गठित विभिन्न उपसमितिले महाधिवेशन तयारी कार्य थालिसकेको संयोजक पाण्डेले जानकारी दिनुभयो ।
मूल व्यवस्थापन समितिले महाधिवेशन तयारीका लागि गण्डकी प्रदेशका ११ वटै जिल्ला अध्यक्षसहितको बैठक आईतबार सम्पन्न गरेको छ । बैठकले ११ वटै जिल्लाका अध्यक्ष र कमिटीलाई समेत महाधिवेशनसम्बन्धी दायित्व बाँडफाँड गरेको छ । महाधिवेशनका निमित्त गठित उपसमिति, सचिवालय र जिम्मेवारीमा रहेका सबै सदस्यहरुलाई संयोजक पाण्डेले नतिजा देखिने गरी काम गर्न बैठकमा आग्रह गर्नुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















