आँधीखोला गाउँपालिका अध्यक्ष पौडेलद्वारा नवनिर्मित भवनकोे उद्घाटन


वालिङ,११ फागुन– आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमा निर्माण गरिएको वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले नवनिर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारेमा जानकारी दिनुभएको थियो । व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप सबै वडा कार्यालय भवनको निर्माण गर्ने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
कुनै पनि विकास निर्माणका कामहरु गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।


गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को रु ९८ लाखको लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । वडा नं. ४ का वडा अध्यक्ष चिन्तामणी पौडेलले वडा कार्यालयबाट हुने सेवा प्रवाह अब थप प्रभावकारी हुने बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal