एमाले स्याङ्जाको अध्यक्षमा पारस गैरे निर्वाचित

तस्विरः कालिगण्डकी खबर

स्याङ्जा,२७ पुस– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला अध्यक्षमा सुर्यप्रसाद गैरे (पारस) निर्वाचित हुनुभएको छ ।
शुक्रबार देखि जिल्ला सदरमुकामा सुरुभएको आर्ठौ अधिवेशनमा सहमतीको आधारमा नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि सोमबार निर्वाचन भएको थियो ।

मंगलबार (आज) सम्पन्न मत गणनाको परिणाम अनुसार सुर्यप्रसाद गैरे (पारस) अर्का अध्यक्षका प्रत्यासी नारायण मरासिनीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित गैरेले ४४० मत प्राप्त गर्नुभएको छ भने नारायण मरासिनीले २५७ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा भने कृष्ण खाँण यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसैगरी सचिवमा राजेन्द्र डुम्रे विजयी हुनुभएको छ । डुम्रेले ३९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी भुपराज अधिकारीले २८० मत प्राप्त गर्नुभएको छ । उपसचिवमा विश्व पौडेल ३९५ मत र तारा शर्मा ३७३ मतसहित विजयी हुनुभएको छ । ७०९ मत मध्ये सोमबार सम्पन्न मतदानमा ६९८ मत खसेको थियो ।
विजयी गैरे माओवादी हुदै एमाले र माओवादी एकीकरण पश्चात बनेको नेकपाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो भनेल मरासिनी स्याङ्जा क्षेत्र नम्बर एक बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
सहमतीको प्रयास सफल हुन नसकेपछी गैरे र मरासिनी आआफ्नो प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिनु भएको थियो । १ सय ५ सदस्यि जिल्ला कमिटीमा पधाधिकारीको मत गणनाको नतिजा आएपनि यो समाचार तयार पार्दा सम्म सदस्यहरुको भने नतिजा आइसकेको थिएन ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal