गठबन्धन मात्रै हाेइन पार्टी एकता गरेर चुनावी प्रतिष्प्रधामा आउन एमाले सचिव अर्यालकाे गठबन्धनमा रहेका दलहरुलाई चुनाैती
स्याङ्जा,२३ पुस- नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले केपी शर्मा ओलीकाे सरकार हटाउन अपवित्र गठबन्धन गरेकाे बताउदै पार्टी एकता गरेर चुनावमा आउन चेतावनी दिनुभएकाे छ। नेकपा एमाले स्याङ्जाकाे आठाैं जिल्ला अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले साे कुरा बताउनु भएकाे हाे। अर्यालले भन्नुभयाे, “एमाले संग एकलाएकलै जुध्ने आट नभएर चुनाव सम्म नै गठबन्धन गरेर जाने कुरा चलिरहेकाेछ, म चुनाव सम्म मात्रै हाेइन पार्टी नै एकता गरेर चुनावमा गएपनि एमाले सामाना गर्न तयार छ।” एमाले नेतृ अर्यालले एमाले आफ्नो शक्ति, जनता र आफ्नो काममा विश्वास राख्ने पार्टी भएको बताउदै ओली सरकारले जनताको मनमनमा वस्ने काम गरेको भन्दै एमालेकै सरकार जनताले चाहेको उहाँले बताउनुभएको हो ।
ओली सरकारले विकास निर्माणका साथै ऐतिहासिक कार्यहरु गरेकाले आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टीको रुपमा पुन सरकारमा जाने उहाँको दावी छ । विकास र समृद्धिको यात्रामा अगाडि बढेको सरकारलाई सत्ताच्युत गरेर अगाडि बढेका प्रतिगमनकारीहरुले देशलाई संकटमा पारेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘गठबन्धनको सरकारले भन्न सक्ने कुनै काम गरेको छैन् । देशमा आर्थिक मन्दी छ । विकास ठप्प छ । हिँजो प्रतिपक्षीमा हुँदा गाली गर्नेहरु आज नाजवाफ भएका छन् । ’
जनताले चुनेर बनाएको सरकारलाई ढलाएर देशमा संकट निम्तिरहेका बेला जनताले एमालेको सरकारलाई सम्झिरहेको उहाँको भनाई थियो । कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु सिता सुन्दास, सिमा क्षेत्रि, किशोर विक्रम मल्ल, केन्द्रिय अनुशासन आयोग सदस्य चक्रबहादुर पराजुली, संविधान सभा सदस्य टेकू नेपाली र मुक्ति पाठक, पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, सांसद नारायण मरासिनी, प्रदेश मिनप्रसाद गुरुङ, डा. गणेशमान गुरुङ, नेताहरु शोभियत ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, माओवादी केन्द्रका नारायण लम्साललगायतले बोल्नुभएको थियो । जिल्ला अध्यक्ष पारस गैह्रेको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रमको सञ्चालन सचिव सुधिरकुमार पौडेलले गर्नुभएको थियो । देशभरका ६३ जिल्लामा एमाले अध्यक्ष केपि शर्मा ओलीले भर्चुवल माध्यमबाट अधिवेसनको उद्दाटन गर्नुभएकोे छ ।
ताजा
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार





















