एमाले स्याङ्जाको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

स्याङ्जा,२१ पुस– नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २३ गते शुक्रबार जिल्ला सदरमुकाम स्थित सिटि हलमा हुने अधिवेनको तयारी अन्तिम चरणमा पुगेको एमाललेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

“जबजको मार्गदर्शन समाजवादको आधार, रुपान्तरण र समृद्धिमा एमाले हो मूल धार” भन्ने नाराका साथ आयोजित अधिवेशनका लागि एमालेले प्रचारप्रसार सहितको तयारी कार्यलाई तिब्र पारेको छ । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष पारस ग्रैरेको संयोजकत्वमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा जिल्ला सदस्यहरु, पालिका अध्यक्षहरुलगायत रहेको मूल व्यवस्थापन समिति गठन गरिएकोछ भने जनपरिचालन उपसमिति, प्रतिवेदन लेखन उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, संयमसेवक, आवास तथा मेश व्यवस्थापन उपसमिति, अथिति सत्कार, मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको एमालेले जनाएको छ ।

जिल्लाका पालिका तथा वडाहरुबाट अधिवेशनको लागि ६१६ प्रतिनिधि छनोट गरिएको छ । भईसकेकाछन् भने छनोट बैठकले अन्तिम संख्या किटान गर्नेछ । प्रतिनिधिहरु तयार पारिएका छन् भने प्रसारप्रसारका लागी व्यानर, अडियो भिडियोहरुद्धारा प्रचारात्मक कार्यक्रम गरीएको छ । प्रतिनिधि सहित अधिवेशनमा सहभागिहरुको लागि आवासका साथै अन्य व्यवस्थापनको कार्य भइरहेको पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जिल्ला स्थित पत्रकार संग सम्बद्ध संघ संस्थाका प्रमुखका साथै जिल्लामा क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०६९ को माघमा सम्पन्न अधिवेशनले पद्मा अर्यालको अध्यक्षतामा ६० सदस्यीय समिति निर्वाचित गरेको थियो । २०७५ जेष्ठ ३ गते नेकपा एमाले र माओवादी बिच पार्टी एकता संगै एकिकृत पार्टी नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पारस शर्मा (गैरे) लाई दिइएको थियो । नेकपा विभाजन भए संगै एमालेको अधिवेशन यही पुस २३ गते देशैभर एकैपटक हुन लागेको हो । २३ गते हुने अधिवेशनले जिल्लामा एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षमा धेरै नेताहरुले इच्छा देखाएपनि सहमतिको आधारमा नेतृत्व चयन गरिने नेताहरुले जनाएका छन् ।

एमालेले अधिवेशन सम्पन्न गर्नको लागि प्रचारप्रसारको लागि विभिन्न माध्यमको प्रयोग गरेको छ । सामाजिक सञ्जालमा जिल्लालाई चिनाउने महत्वपूर्ण ठाँउहरुलाई समेटेर तयार पारिएको लोगोका साथै स्रव्य तथा दृश्य सामग्रीहरुका माध्यमबाट अधिवेशनको प्रचार गरिरहेको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal