सूर्याेदय लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्याङ्जा,१६ पुस– सूर्याेदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुतलीबजारमा कार्यालय रहेको संस्थाको नवौं वार्षिक साधारण सभा गुणीखोलामा रहेको सहयात्री पार्टी प्यालेसमासम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लेखनाथ खनियाले साधारण सभाबाट प्राप्त सुझाव अनुसार संस्थालाई अगाडी वढाउने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङजाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खनीयाले अध्यक्षको प्रतिवेदन र आर्थीक प्रगती प्रतिवेदन कम्पनी सचिव राजेन्द्र न्यौपानेले तथा वस्तुगत प्रगती प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ खनीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कम्पनी सचिव राजेन्द्र न्यौपानेल गर्नुभएको थियो भने स्वागत मन्तव्य संचालक अनन्तकुमार श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरुमा प्रस्तुत भएका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरिएको छ । सोही साधारण सभामा संस्थाले २० प्रतिशत बोनश वितरण गर्ने तथा वोमी लघुवित्त वित्तीय संस्था सग गाभिने प्रस्ताव प्रस्तुत गरेको थियो । २०७० सालमा घ वर्गको वित्तिय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहने गरि इजाजतपत्र प्राप्त सूर्याेदय लघुवित्त वित्तीय संस्थाका हाल ३७ जिल्लामा १०२ शाखा रहेका छन् । संस्थाको असार मसान्त सम्ममा अधिकृत पुजी ३० करोड, जारी पुजी २७ करोड ७२ लाख र चुक्त पुजी २४ करोड ८० लाख रहेको छ ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal