जन्मदिनको अवसरमा सापकोटाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

वालिङ,१६ पुस– केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर गल्याङ नगरपालिका ७ का रामु सापकोटा (शर्मा) ले भने आफ्नो जन्मदिन विद्यालयमा मनाउनुभएको छ ।
आफ्नै घर भएको ७ नम्बर वडा पट््काङमा रहेको कालिका आधारभूत विद्यालयमा गएर शर्माले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो । आफुले अध्ययन समेत गरेको विद्यालयमा पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको हो । विद्यालयमा रहेका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो २९ औं जन्मदिन मनाएको शर्माले बताउनुभयो ।
शर्माले भन्नुभयो, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएकोहु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको शर्माले बताउनुभयो ।
विद्यार्थीहरुलाई कापी, कलम र पेन्सिल संगै विद्यालय प्रशासनलाई समेत केही शैक्षिक सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभो ।
अनेरास्ववियुको केन्द्रीय सदस्य समेत रहनुभएका शर्मा सामाजिक काममा समेत सकृय रहदै आउनुभएको छ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार