जन्मदिनको अवसरमा सापकोटाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

वालिङ,१६ पुस– केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर गल्याङ नगरपालिका ७ का रामु सापकोटा (शर्मा) ले भने आफ्नो जन्मदिन विद्यालयमा मनाउनुभएको छ ।
आफ्नै घर भएको ७ नम्बर वडा पट््काङमा रहेको कालिका आधारभूत विद्यालयमा गएर शर्माले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो । आफुले अध्ययन समेत गरेको विद्यालयमा पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको हो । विद्यालयमा रहेका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो २९ औं जन्मदिन मनाएको शर्माले बताउनुभयो ।
शर्माले भन्नुभयो, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएकोहु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको शर्माले बताउनुभयो ।
विद्यार्थीहरुलाई कापी, कलम र पेन्सिल संगै विद्यालय प्रशासनलाई समेत केही शैक्षिक सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभो ।
अनेरास्ववियुको केन्द्रीय सदस्य समेत रहनुभएका शर्मा सामाजिक काममा समेत सकृय रहदै आउनुभएको छ ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal