किसान बजार खोज्दै जाने होइन बजार किसान खोज्दै आउनेगरी काम गरौ ः पूर्व मन्त्री अर्याल

गोपाल जिटी

वालिङ,९ पुस– नेकपा एमालेकी सचिव एवं पूर्व मन्त्री पद्माकुमारी अर्यालले किसानहरुले अब झोलामा, डोकामा बोकेर बजार खोजन जाने होइन, बजार आफ्नै घरखेतमा आउनेगरी व्यवसायी बन्नुुपर्ने बताउनुभएको छ ।

पुर्खाले जे सिकायो त्यहि गरेर निर्वाहमुखी कृषिमा सन्तोष मानेर बस्ने अबको समय होइन एक गाउँ एक उत्पादनको अवधारणा सहित व्यवसायिकरुपमा आयआर्जन जुट्नुपर्ने पूर्वमन्त्री अर्यालले बताउनुभयो ।

शुक्रबार वालिङमा अकला नमूना साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले केहि गर्न नसक्ने, केहि नभएका र केहि नजानेकाले कृषि गर्ने हो भन्ने सोंच गलत हो, यसलाई त्याग्नुपर्ने उल्लेख गर्नुभयो ।

जीवन धान्ने भनेको कृषि हो, केहि नहुनेले गर्ने पेशा होइन भन्ने बुभ्mनुपर्छ । कृषि पेशालाई हेयको दृष्टिले हेर्ने होइन, सम्मानित पेशा हो र एकले अर्कालाई सहयोग र सम्मान गरेर अगाडि बढ्नुपर्ने आजको आवस्यकता रहेको उहाँको भनाई छ । कतिले व्यापार गर्नुहुन्छ त कतिपयले जागिर खानुहुन्छ यो भनेको आत्मनिर्भर बन्ने, स्वावलम्वी बन्ने आधारको खोजी हो ।

विभेदको जड भनेको आर्थिक हो, जबसम्म आर्थिकरुपमा स्वावलम्वी बन्न सकिदैन तवसम्म समाजमा विभेद कायम रहन्छ । पूर्वमन्त्री अर्यालले साना किसान कृषि सहकारीको अर्जुन दृष्टि व्यवसायिक कृषि हो, पैसा जम्मा गर्ने, चाहिएको बेलामा झिकेर खर्च गर्ने या कर्जा लिने व्याज तीर्ने मात्र नभएको उल्लेख गर्नुभयो ।

२०७५मा वालिङमा स्थापना भएको अकला नमूना साना किसान कृषि सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । ९५ प्रतिशत महिलाहरुको सहभागिता रहेको संस्थाले वालिङका साथै गल्याङ नगरपालिकाका केहि वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको अध्यक्ष पुण्य अर्यालले जानकारी गराउनुभयो । किसानहरुलाई आर्थिक पक्षमा सवल बनाउनुका साथै वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले डेरी जोन कार्यक्रम समेत सञ्चालन ल्याइएको अध्यक्ष अर्यालले उल्लेख गर्नुभयो ।

करिव २ हजारजना शेयर सदस्य रहेको सहकारीले ६ करोड बढीको कारोवार गरिसकेको छ । सहकारीले डेरी सञ्चालनमा ल्याई वालिङ आसपासका किसानहरुको दूध संकलन गरी दुग्धजन्य पदार्थको विक्रि वितरण समेत गर्दै आएको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal