गल्याङ नगरपालिकाले गर्यो एक सय ११ जना कृषकलाई सम्मान
कृषक पेन्सनको व्यवस्थाका लागि कार्यविधि बनाउन लागेको नगरप्रमुख अधिकारीको भनाई
गल्याङ,९ पुस– गल्याङ नगरपालिकाले एक सय ११ जना किसानलाई सम्मान गरेको छ । नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । नगरपालिकाद्वारा निर्मित नगर सभा हल भवनमा सम्मान गरिएको हो । सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन तथा कृषक सम्मान कार्यक्रममा किसानहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कृषकहरुलाई पेन्सनको व्यवस्था गर्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले यसका लागि कार्यविधि बनाउने तयारीमा नगरपालिका लागिरहेको पनि जानकारी दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो,‘जीवनभर कृषि पेशामा लाग्नेहरुलाई जीवनको उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले हामीले कृषक पेन्सनको अवधारणा ल्याएका छौं । सही कार्यविधि ल्याएर हामीले यसलाई लागू गर्नेछौं ।’
उहाँले संसारमा सबै भन्दा ठूलो व्यक्ति कृषक भएको भन्दै कृषकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाले कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याइरहेको भन्दै कृषकलाई हौसला दिन आफु सधैं प्रतिबद्ध रहेको बताउनुभयो । कृषि क्षेत्रबाट आत्मनिर्भर, रोजगारी र स्वरोजगारी सिर्जना गरी बैदेशिक रोजगारीको अन्त्य गर्ने चाहनामा आफु रहेको भन्दै उहाँले यसको तयारीमा आवश्यक सुझाब दिन पनि आग्रह गर्नुभयो ।
व्यक्ति एक्लैले केही गर्न नसक्ने र सामुहिक प्रयास रहनुपर्ने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा कृषकहरुमा आएको सानो परिवर्तनमा पनि सबैको साथ रहेको बताउनुभयो । दुध, फुल र मासुमा आत्मनिर्भर बन्ने क्रममा नगरपालिका रहेको भन्दै अब थप कार्यक्रमहरु ल्याउने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठले कृषकहरुलाई सम्मान गर्नु राम्रो काम भएको बताउनुभयो । सबैको साथ सहयोगले गल्याङ नगरपालिकाको प्रशासनिक भवन बन्न लागेको भन्दै उहाँले नगरपालिका बनेपछि छोटो समयमा नै धेरै परिवर्तन भैरहेको बताउनुभयो ।
नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर रानाले नगरपालिकाले कृषकहरुका लागि धेरै महत्वपूर्ण कामहरु गरिरहेको बताउनुभयो । उहाँले कृषकहरुलाई प्रोत्साहन गरेर अझै उत्पादनमा जोड दिने काममा लाग्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका सदस्य धनमाया विकले कृषकहरुका लागि नगरपालिकाले ल्याएको नीति महत्वपूर्ण रहेको बताउनुभयो । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले आफ्नो कार्यकालमा स्थानीय जनताको हितका लागि सकेसम्म धेरै काम गरेको भन्दै अब मुल्याकंन गर्ने बेला आएको बताउनुभयो ।
वडा नम्बर सात का अध्यक्ष रामविर गुरुङले किसानहरुको पक्षमा नगरपालिकाले गरेका कामहरुको बारेमा स्पष्ट पार्नुभयो । कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, अदुवा उत्पादन तथा प्रशोधन केन्द्र वालिङका शिबलाल डुम्रे, लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले भर्खरै सम्पन्न भएका तीन वटा भवनहरु नगर सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन पनि गर्नुभएको थियो । नगर सभाहल नगरपालिकाको लागतमा बनेको भवन हो भने पशु सेवा शाखा भवन विश्व बैंकको सहयोगमा नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) को लगानीमा बनेको हो । यस्तै, आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन संघीय सरकारको सहयोगमा बनेको भवन रहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















