आँधीखोला गाउँपालिका कर्मचारी संगठनकाे अध्यक्षमा: शर्मा
वालिङ,६ पुस- नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङ्जाकाे आयाेजनामा आँधीखाेला गाउँपालिका स्तरीय बृहत् कर्मचारी भेला तथा प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट बालकृष्ण शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको छ।यसैगरी उपाध्यक्षमा सुमित्रा ढकाल, सचिबमा निराजन लामिछाने, कोषाधक्ष्यमा बलराम न्याैपाने निर्वाचित हुनुभएको छ।सदस्यहरूमा देवकी शर्मा, सन्तोष पौडेल, बाबुराम बि.क., खिमानन्द सापकोटा, मिलन पौडेल, बिशाल जि.सी., विबेक आचार्य, टेक नारायण रिमाल र मिना ढकाल निर्वाचित हुनुभएको छ।नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती स्याङ्जाका अध्यक्ष अमर बहादुर पराजुलीको अध्यक्षता र गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियन स्याङ्जाका अध्यक्ष राजु मरासिनी , नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य देव बहादुर क्षेत्री, नेकपा एमाले आँधीखोला गाउँपालिका अध्यक्ष सिंह बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरू र कर्मचारीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पौडेलले निजामती कर्मचारीहरू स्थायी सरकार भएको कुरामा जोड दिदैं कर्मचारीले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गरेमा मात्र जननिर्वाचित सरकारहरू सफल हुने प्रष्ट पार्नुभएको थियो।कर्मचारीहरूलाई कर्तव्यनिष्ट र जिम्मेवार भएर जनताको सेवा गर्न आग्रह गर्दै आफ्नो क्षमता र दक्षता अभिवृद्धिमा समेत लाग्न सुझाब दिनुभएको थियो।
यसैगरी जिल्ला संगठन अध्यक्ष ले सम्पूर्ण कर्मचारीहरूले आफ्नो संगठन मार्फत पेशागत हकहितका साथसाथै जनतालाई चुस्त ,दुरूस्त र सहज सेवा प्रदान गरि सुशासन कायम गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।साथै उहाँले जिल्लाका ११ वटै पालिकामा तिब्र रूपमा संगठन विस्तार गरिने बताउनुभयो।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















