खेललाई मनोरञ्जन मात्र होईन व्यवसायी बनाऔंः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
गोपाल जि टी
वालिङ,६ पुस- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालिगण्डकी महोत्सवको मङ्गलबार उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा मात्र नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको हो ।
खेल क्षेत्रबाटै बाच्न सकिन्छ भन्ने बनाउनु पर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अन्य पेसा व्यवसायमा जस्तै खेल क्षेत्रबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेका बच्चालाई खेल क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्नु पर्ने समेत व्यक्त गर्नुभयो ।
पालिका, प्रदेश र राष्ट्र हुदै अन्तर्राष्ट्रिय रुपमा पनि चिनाउन खेल खेल्नु जरुरी भएको पनि उहाँको भनाई छ । नेपालले खेल क्षेत्रबाट देशको नाम विश्व सामु चिनाउन नसकेको छैन
। नेपाल भन्दा साना राष्ट्रले खेल क्षेत्रबाट विश्वसामु नाम राख्न सफल भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेललाई सम्मानपूर्वक लिन आवस्यक रहेको बताउनुभयो ।
सामुहिक प्रतिस्पर्धाका खेलले एकताको प्रतिक जनाउने पनि उहाँले व्यक्त गर्नुभयो । खेल क्षेत्रमा राजनीतिक गतिविधी गर्नु राम्रो नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशुद्ध खेललाई प्राथमिकता दिएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
मङ्गलबार सुरु गरिएको अध्यक्ष कप कालिगण्डकी महोत्सवमा भलिबल, पूmटवल तथा क्रिकेट लगायतका खेल समावेस गरिएको कार्यक्रम कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको हो ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















