खेललाई मनोरञ्जन मात्र होईन व्यवसायी बनाऔंः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


गोपाल जि टी
वालिङ,६ पुस- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालिगण्डकी महोत्सवको मङ्गलबार उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा मात्र नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको हो ।
खेल क्षेत्रबाटै बाच्न सकिन्छ भन्ने बनाउनु पर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अन्य पेसा व्यवसायमा जस्तै खेल क्षेत्रबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेका बच्चालाई खेल क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्नु पर्ने समेत व्यक्त गर्नुभयो ।
पालिका, प्रदेश र राष्ट्र हुदै अन्तर्राष्ट्रिय रुपमा पनि चिनाउन खेल खेल्नु जरुरी भएको पनि उहाँको भनाई छ । नेपालले खेल क्षेत्रबाट देशको नाम विश्व सामु चिनाउन नसकेको छैन
। नेपाल भन्दा साना राष्ट्रले खेल क्षेत्रबाट विश्वसामु नाम राख्न सफल भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेललाई सम्मानपूर्वक लिन आवस्यक रहेको बताउनुभयो ।
सामुहिक प्रतिस्पर्धाका खेलले एकताको प्रतिक जनाउने पनि उहाँले व्यक्त गर्नुभयो । खेल क्षेत्रमा राजनीतिक गतिविधी गर्नु राम्रो नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशुद्ध खेललाई प्राथमिकता दिएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
मङ्गलबार सुरु गरिएको अध्यक्ष कप कालिगण्डकी महोत्सवमा भलिबल, पूmटवल तथा क्रिकेट लगायतका खेल समावेस गरिएको कार्यक्रम कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको हो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal