गण्डकी समाचारका सम्पादक पराजुली प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा चयन
स्याङ्जा,२५ मङ्सिर– प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा गण्डकी समाचार डट कमका सम्पादक हिमलाल पराजुली चयन हुनुभएको छ ।
स्याङ्जामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पराजुलीलाई शनिबार काठमाडौमा बसेको प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा चयन गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधान अनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाउनुभएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । भेलाले विधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारी सहित २ सय ४९ जना केन्द्रीय कमिटीमा रहने व्यवस्था गरेको थियो । संगठको विरुधमा काम गर्ने पदाधिकारीहरुलाई निस्कासन गर्दै चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
स्याङ्जाबाट केन्द्रीय सदस्य चयन हुनुभएका पराजुली प्रेस चौतारी स्याङ्जाको सचिव हुदै तीन कार्यकाल प्रेस चौतारी स्याङ्जाको अध्यक्ष भएर चौतारीको नेतृत्व समाल्दै आउनुभएका पराजुली गण्डकी प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । लामो समयदेखि जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएका पराजुली विभिन्न राष्ट्रिय मिडियामा आवद्ध हुनुका साथै स्याङ्जाको वालिङबाट सञ्चालनमा आएको गण्डकी समाचार डट कमका सञ्चालक एवं सम्पादक समेत हुनुहुन्छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















