पाल्पाकोे रामपुरमा अटो भिलेजको उद्घाटन


सिर्जना घिमिरे
तानसेन,२१ मङ्सिर– पाल्पाको रामपुरमा रामपुर क्षेत्रै ठूलो अटो भिलेजको समुद्घाटन भएको छ । रामपुर बेझाडमा संचालित भिलेजको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका श्रम रोजगार तथा यातायात विकास मन्त्री पुर्मती ढेंगाले पाल्पामा डिजिटल लाइसेन्सको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो । कालीगण्डकी वेशी क्षेत्र अन्तर्गत पर्ने कपिलवस्तु र नवलपरासीसँगै पाल्पामा पनि लाइसेन्स वितरण शाखा बिस्तारका लागी आफूले जग्गाको पनि निरिक्षण गरेकोमा जोड दिदै डिजिटल लाइसेन्स दिने प्रवन्धका निम्ति आफूले पहल गर्ने मन्त्री ढेंगाको भनाइ छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुरकै गहनाको रुपमा स्थापना भएको अटो भिलेजले गण्डकीवेशीक्षेत्रको चारवटा जिल्लाका नागरिकलाई सहज सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले , पाल्पा, स्याङ्जा,नवलपरासी तनहँु क्षेत्रको व्यापारिक केन्द्र बन्दै गएको रामपुरमा महेन्द्रा गाडी प्रशस्तै भएको तर सर्भिसिङ्का लागि काठमाडौं, बुटवल , पोखरा पुग्नुपर्ने बाध्यता रहेकोलेमा अटो भिलेज संचालनले सेवाग्राहीका निम्ति बिरामीलाई अस्पताल खुलेजतिकै भएकोले धन्यवाद दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका वडानम्बर ५ का वडाअध्यक्ष हिमाल मल्लले प्राविधिकले राम्रो सेवा दिन सके व्यवसाय सफल हुने बताउनुभयो । महिन्द्राको सवारी साधनको प्रयोग रामपुरमा बढी नै भएपनी सर्भिसिङ्का लागि बाहिर जानुपर्ने समस्या टरेको समाजसेवी राजुप्रसाद श्रेष्ठ बताउनुुहुन्छ । समाजसेवी नेत्रप्रसाद भट्टराईले व्यवसाय संचालनमा हाम्रो समाजमा निरुत्सााहित पार्नेको समेत कमि नभएको उल्लेख गर्दै राम्रो र सर्वसुलभ सेवा दिए व्यवसाय सफल हुने विश्वास व्यक्त गर्नुभयो । समाजसेवी कमलराज भट्टराईले लाइसेन्स निकाल्नका लागि टायल दिन समेत बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य गरी पाल्पामै लाइसेन्स लिन पाउने सुविधा मिलाइदिन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले रामपुरमा महिन्द्राको डिलर शुभारम्भ कार्यक्रमले यसक्षेत्रको व्यवसायीक विकासमा एक स्टेप अगाडी बढेकोमा जोड दिनुभयो । अग्नि ग्रुप अन्र्तगत वि ए डब्लु प्रदेश म्यानेजर बिजेश मधुगया , लोक शुसिला अटो कन्र्सनका म्यानेजर राजेश सुबेदी, नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोख्रेल, सामुदायिक रेडियो रामपुरका स्टेशन प्रवन्धक छवि खनाल लगायतले धारणा राख्दै व्यवसाय सफलताको शुभकामना दिनुभयो । रामपुरकै कुलमणि रेग्मी र गणेस रेग्मीले केही महिना पहिले नै महिन्द्रासँगको सम्झौता गरेर सेवा दिएपनि औपचारिक उद्घाटन भने भएको थिएन ।

रामपुरमा संचालनमा आएको बालाजु अटोवर्कसप प्रालीको सव–डिलर तथा लोक शुसिला अटो कन्र्सनको डिलर रामपुर अटो भिलेज महिन्द्राको अधिकृत विक्रेता हो । संस्था संचालक चिरन्जीवि सिग्देले संचालन गर्नुभएको कार्यक्रममा व्यवस्थापक गुरुप्रसाद रेग्मीले स्वागत गर्नुभएको हो । कार्यक्रमका अवसरमा मन्त्री ढेँगालाई नमस्ते यातायात प्रालीका उपाध्यक्ष भोजराज भट्टराईले दोसल्ला ओढाएर तथा संस्था ंसंचालक रेग्मी परिवारका तर्फबाट मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभएको थियो । संचालक रेग्मीले ब्यापारिक केन्द्रका रुपमा विकास भएको रामपुरमा करिब २ करोडको लागतमा आफूले ब्यवसाय संचालनमा ल्याएको जानकारी दिनुभएको छ । अहिले भिलेजमा १३ जना कामदारले समेत रोजगार पाएका छन् ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal