एमाले सचिवमा पूर्व मन्त्री पद्मा अर्याल अत्याधिक मत सहित विजयी
चितवन,१४ मङ्सिर– नेकपा एमालेकी नेत्री एवं पूर्व मन्त्री पद्मा कुमारी अर्याल नेकपा एमालेको सचिवमा विजयी हुनुभएको छ । चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानम अर्याल अत्याधिक मत सहित निर्वाचीत हुनुभएको हो ।
एमाले अध्यक्षले सहमतिको लागि बन्धसत्रमा प्रस्तुत गर्नुभएको नामावलीमा अर्यालको नाम सचिवमा प्रस्तुत गर्नुभएको थियो । अयध्यक्ष ओलीले प्रस्तुत गरेको नाममा अध्यक्ष पदमा डा भिम रावलले असहमती जनाएपनि अन्य पदमा भने बन्द सत्रमा बिरोध नभए पनि अध्यक्षको पदमा निर्वाचन हुनेभएपछि सचिवमा पनि आवश्यकता भन्दा बढिको उमेदवारी परेपछि अर्याल चुनावी प्रतिस्पर्धामा उत्रीनुभएको थियो । अर्यालले १८०३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
केपी शर्मा ओली नेत्रृत्वको सरकारमा रहदा चर्चामा आउनुभएकी अर्याल अन्य उमेदवारका आकांक्षीलाई पछि पार्दै सचिवमा निर्वाचित हुन सफल हुनुभएको हो । एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अर्यालले चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट पदाधीकारीमा आए संगै पार्टीको नेत्रृत्व तहमा पुग्ने बाटो खुलेको छ ।
संविधान सभासदस्य हुदै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बहालवाला मन्त्री समेत रहनुभएका कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई स्याङ्जा क्षेत्र नम्बर २ बाट पराजित गरेर अर्याल चर्चामा आउनुभएको थियो । केपी ओली सरकारमा स्वास्थ्य राज्यमन्त्री हुदै भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्रालयका साथै कृषि तथा पशुपंक्षी मन्त्रालयको नेत्रृत्व लिन सफल हुनुभएको थियो । अर्यालको पालामा सरकारले कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको चुच्चे नक्सा प्रकाशित गर्नुका साथै सगरमाथाको उचाइ नापेर उचाइ बढेको तथ्यांक सार्वजनिक गरेको थियो ।
२०३९ सालदेखि विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा रहेर सक्रिय राजनीति गर्दै आउनुभएकी अर्याल एमालेको पहिलो महिला जिल्ला आध्यक्ष समेत बन्नुभएको थियो ।
यसै गरी निर्वाचनबाट एमालेको अन्य पदहरु उपाध्यक्षमा अष्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा विजयी हुनुभएको छ । यसै गरी सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, छविलाल विश्कर्मा, लेखराज भट्ट र रगुविर महासेठ सचिवमा निर्वाचित हुनुभएको छ ।
ताजा
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार





















