केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल
चितवन,१० मङ्सिर- माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको छ ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेको बताउनुभयो ।
राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उहाँले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनुभयो ।
एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उहाँले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उहाँले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिनुभयो ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















