‘केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को छैन’, कमल थापा
चितवन,१० मङ्सिर- राप्रपा अध्यक्ष कमल थापाले समकालिन राजनीतिमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को नभएको बताउनुभएको छ ।
एमालेको महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष थापाले भन्नुभयो, ‘एमाले कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति हो, अहिले देशको ठूलो राजनीतिक दल हो । तपाईंहरुको यो महाधिवेशनलाई देशविदेशमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेताले देशलाई संकटबाट मुक्त गर्न ऐतहिासिक योगदान गर्नुहुनेछ । सँगै सरकारमा रहँदा केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय हितमा एकइन्च पनि आँच आउन दिएनौं । मधेसमा बलिरहेको आगो मत्थर बनाउन मद्धत गर्यौं ।’
थापाले चीनसँग ब्यापार, पारवहन रेल तेल र बिजुलीको दीर्घकालीन आर्थिक खाका कोर्न सक्षम भएको बताउनुभएको छ । उहाँले पछिल्लो सरकार विरोध अवरोधका बाबजुद दुई कामका लागि केपी ओली र एमालेलाई धन्यवाद दिने बताउनुभयो । ‘सिके राउतजस्तो पृथकतावादी र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा तपाईंहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । लिम्पियाधुरासमेत समेटेर सिमाको रक्षाका लागि प्रतिबद्धता गरेको छ, चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गरेर अविस्मरणीय गुन लगाउनुभएको छ ।’
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















