‘केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को छैन’, कमल थापा
चितवन,१० मङ्सिर- राप्रपा अध्यक्ष कमल थापाले समकालिन राजनीतिमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेता अर्को नभएको बताउनुभएको छ ।
एमालेको महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष थापाले भन्नुभयो, ‘एमाले कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति हो, अहिले देशको ठूलो राजनीतिक दल हो । तपाईंहरुको यो महाधिवेशनलाई देशविदेशमा केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी नेताले देशलाई संकटबाट मुक्त गर्न ऐतहिासिक योगदान गर्नुहुनेछ । सँगै सरकारमा रहँदा केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय हितमा एकइन्च पनि आँच आउन दिएनौं । मधेसमा बलिरहेको आगो मत्थर बनाउन मद्धत गर्यौं ।’
थापाले चीनसँग ब्यापार, पारवहन रेल तेल र बिजुलीको दीर्घकालीन आर्थिक खाका कोर्न सक्षम भएको बताउनुभएको छ । उहाँले पछिल्लो सरकार विरोध अवरोधका बाबजुद दुई कामका लागि केपी ओली र एमालेलाई धन्यवाद दिने बताउनुभयो । ‘सिके राउतजस्तो पृथकतावादी र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा तपाईंहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । लिम्पियाधुरासमेत समेटेर सिमाको रक्षाका लागि प्रतिबद्धता गरेको छ, चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गरेर अविस्मरणीय गुन लगाउनुभएको छ ।’
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















