एमालेको १०औं महाधिवेशन आजदेखि, चितवन एमालेमय

चितवन,१० मङ्सिर-  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । चितवनको नारायणी नदी किनार क्षेत्रमा लाखौं कार्यकर्ताहरुको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम अहिले पनि जारी छ ।

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा अत्याधुनिक सुविधासहितको मञ्च निर्माण गरिएको छ । बन्दसत्र सौराहामा गरिँदै छ । बन्द सत्र भने भोलिदेखि मात्रै सुरु हुनेछ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय कमिटीका अधिकांश नेताहरु हिजो नै चितवन आइपुग्नुभएको छ ।

एमालेमा निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुँदैछन् । कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal