नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा थापा र मल्ल बिच प्रतिस्पर्धा
स्याङ्जा,१० मङ्सिर- नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापतिमा राजु थापा र भगवतप्रकाश मल्लले उमेदवारी दर्ता गर्नुभएको छ । दुबै युवा उमेदवारले सभापतिमा उमेदवारी दर्ता गराए संगै थापा र मल्ल बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
थापाले क्षेत्र नम्बर एक बाट र मल्लले क्षेत्र नम्बर दुईबाट प्रतिनिधि चयनमा सर्वाविधक मत ल्याएकर विजयी हुनुभएको हो । आज हुने जिल्ला अधिवेशनमा सभापतिमा उमेदवारी दिएका दुवै जनाले आआफ्नो प्यानल बनाएर आगाडी बढेपछि स्याङ्जा कांग्रेसको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिनुभएको छ भने संस्थापन इतरबाट राजु थापाको उम्मेदवारी परेको छ ।
थापा संविधान सभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नम्बर दुई ‘ख’ बाट प्रदेश सभामा निर्वाचित गण्डकी प्रदेश सभासदस्य हुनुहुन्छ ।
थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको सचिवमा प्यानलबाट रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मल्लको प्यानलबाट उपसभापतिमा नारायण प्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दिनुभएको छ सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्सालले उम्मेदवारी दिनुभएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















