नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा थापा र मल्ल बिच प्रतिस्पर्धा

स्याङ्जा,१० मङ्सिर- नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापतिमा राजु थापा र भगवतप्रकाश मल्लले उमेदवारी दर्ता गर्नुभएको छ । दुबै युवा उमेदवारले सभापतिमा उमेदवारी दर्ता गराए संगै थापा र मल्ल बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

थापाले क्षेत्र नम्बर एक बाट र मल्लले क्षेत्र नम्बर दुईबाट प्रतिनिधि चयनमा सर्वाविधक मत ल्याएकर विजयी हुनुभएको हो । आज हुने जिल्ला अधिवेशनमा सभापतिमा उमेदवारी दिएका दुवै जनाले आआफ्नो प्यानल बनाएर आगाडी बढेपछि स्याङ्जा कांग्रेसको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिनुभएको छ भने संस्थापन इतरबाट राजु थापाको उम्मेदवारी परेको छ ।

थापा संविधान सभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नम्बर दुई ‘ख’ बाट प्रदेश सभामा निर्वाचित गण्डकी प्रदेश सभासदस्य हुनुहुन्छ ।
थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको सचिवमा प्यानलबाट रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मल्लको प्यानलबाट उपसभापतिमा नारायण प्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दिनुभएको छ सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्सालले उम्मेदवारी दिनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal