नेकपा एमालेको १० औं महाधिवेसनमा पाल्पाबाट ६ हजार कार्यकर्ता चितवन जादै
तानसेन,९ मङ्सिर- चितवनमा भोलीदेखि सुरु हुने नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशनको निम्ति पाल्पाबाट ६ हजार बढी कार्यकर्ता सहभागी हुने भएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अनुसार जिल्लाका दश वटै पालिकामा गठित नेकपा एमालेको नगरकमिटी गाउँकमिटी तथा वडाकमिटीबाट सवारी साधनको प्रर्वन्ध मिलाएर चितवन जाने व्यवस्था गरिएको हो । जिल्लाबाट साना ठूला गरि एक सय ५० सवारीसाधनमा कार्यकर्ता चितवन जाने नेकपा एमाले जिल्ला अध्यक्ष नारायण आचार्यले बताउनुभयो । पाल्पाबाट ठूला एक सय तथा साना ५० सवारीसाधनमा कार्यकर्ता आज र भोली गरेर चितवन पुग्ने योजना बनाइएको अध्यक्ष आचार्यको भनाइ छ ।
महाधिवेशनका लागी पाल्पा जिल्लाबाट दुई जना मनोनित सहित १७ जना प्रतिनिधी छनौट भएका छन् । पाल्पाबाट केन्द्रिय सदस्य ठाकुर गैरे सचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । जिल्लाबाट केन्द्रिय सदस्यमा पूर्व भुमीसुधारमन्त्री समेत रहनुभएका दलबहादुर राना, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, नारायणी शर्मा, धनेन्द्रराज घिमिरे, सृजना काफ्ले तथा लेखा आयोग सदस्यमा झपेन्द्र जिसीले उम्मेदरवारी दिने चर्चा छ ।
नेकपा एमालेको केन्द्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना गरिएको छ । महाधिवेशनमा देशभरबाट ५ लाख बढी नेता कार्यकर्ता चितवनमा सहभागी हुने एमालेले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















