नेकपा एमालेको १० औं महाधिवेसनमा पाल्पाबाट ६ हजार कार्यकर्ता चितवन जादै
तानसेन,९ मङ्सिर- चितवनमा भोलीदेखि सुरु हुने नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशनको निम्ति पाल्पाबाट ६ हजार बढी कार्यकर्ता सहभागी हुने भएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अनुसार जिल्लाका दश वटै पालिकामा गठित नेकपा एमालेको नगरकमिटी गाउँकमिटी तथा वडाकमिटीबाट सवारी साधनको प्रर्वन्ध मिलाएर चितवन जाने व्यवस्था गरिएको हो । जिल्लाबाट साना ठूला गरि एक सय ५० सवारीसाधनमा कार्यकर्ता चितवन जाने नेकपा एमाले जिल्ला अध्यक्ष नारायण आचार्यले बताउनुभयो । पाल्पाबाट ठूला एक सय तथा साना ५० सवारीसाधनमा कार्यकर्ता आज र भोली गरेर चितवन पुग्ने योजना बनाइएको अध्यक्ष आचार्यको भनाइ छ ।
महाधिवेशनका लागी पाल्पा जिल्लाबाट दुई जना मनोनित सहित १७ जना प्रतिनिधी छनौट भएका छन् । पाल्पाबाट केन्द्रिय सदस्य ठाकुर गैरे सचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । जिल्लाबाट केन्द्रिय सदस्यमा पूर्व भुमीसुधारमन्त्री समेत रहनुभएका दलबहादुर राना, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, नारायणी शर्मा, धनेन्द्रराज घिमिरे, सृजना काफ्ले तथा लेखा आयोग सदस्यमा झपेन्द्र जिसीले उम्मेदरवारी दिने चर्चा छ ।
नेकपा एमालेको केन्द्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना गरिएको छ । महाधिवेशनमा देशभरबाट ५ लाख बढी नेता कार्यकर्ता चितवनमा सहभागी हुने एमालेले जनाएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















