आन्तरिक उत्पादनलाई जोड्नुपर्ने नगरप्रमुख अधिकारीको भनाई


गल्याङ,७ मङ्सिर- गल्याङ नगरपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु भएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम मंगलबार सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पोषण र स्वास्थ्यलाई आन्तरिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले विषादीयुक्त खानाको असर स्वास्थ्यमा पर्ने भएकाले घरमै उत्पादन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बजारबाट किनिएका तरकारीहरुबाट हामीले विषादी लिइरहेका हुन्छौं । यसलाई रोकेर आफ्नो लागि मात्रै भए पनि घरबाट उत्पादन गर्न सकेमा धेरै रोगहरुलाई रोक्न सकिन्छ ।’ दुधको सेवनले पनि धेरै फाइदा गर्ने भएकाले आफुले सेतो सहरको अवधारणा ल्याएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाले अण्डामा आत्मनिर्भरको कार्यक्रम ल्याएको भन्दै उहाँले हजार दिने आमाहरुका लागि नगरपालिकाले विशेष योजनाहरु ल्याउने तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमलाई उपलब्धीमूलक बनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्यसँग जोडिएका कुराहरु संबेदनशील हुने भएकाले यसमा स्वास्थ्यकर्मी धेरै चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिका स्वास्थ्य संयोजक गुनेन्द्र रानाले बच्चाको शारिरिक तथा मानसिक विकास सुरुको हजार दिन भित्र हुने भएकाले सोही समयलाई केन्द्रीत गरेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

नगरपालिकाका सिनियर अहेब तुलसीराम बरालले बृहत पोषण लक्षित कार्यक्रम अन्तर्गत नगरपालिका भरीका स्वास्थ्यकर्मीहरुका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । सिनियर अहेब विपिन कोइरालाले एक एक हप्ता गरेर तीन चरणमा गरी २१ दिनमा तालिम सम्पन्न हुने जानकारी दिनुभयो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले हजार दिने एक आमालाई पोषण खाना दिएर तालिमको उद्घाटन गर्नुभएको हो ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal