नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समाहराेहकाे लागि चितवनमा यस्ताे बन्दैछ मञ्च
चितवन,६ मङ्सिर- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको लागि चितवनमा अत्याधुनिक तरिकाले मञ्च निर्माण गरिदैछ । सो मञ्च निर्माणमा मात्रै ५० लाख खर्च गरिने भएको छ ।
मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भन्नुभयो ‘हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौं । स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख खर्च हँुदैछ ।
एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ । जसमा चारवटा खण्ड रहनेछन् । मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन् । त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन् । मञ्चको अगाडि रहेको भागमा कालकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइनेछ ।
मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीहरुलाई राखिनेछ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदीकिनारमा डेढ लाख कार्यकर्तामात्रै सहभागी हुन सक्ने श्रेष्ठले बताउनुभयो ।
‘मञ्च निर्माण हुने नदीकिनारमा डेढ लाख अटाउलान् । त्यसो हुनाले सहभागीहरुलाई चितवन र नवलपुर दुवैतर्फको नदीकिनारमा राख्छौँ’, उहाले भन्नुभयो, ‘टाढा बस्नेहरुका लागि डिस्प्ले बोर्ड राख्छौँ । सहभागीहरु आउने–जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ ।’
महाधिवेशन स्थल र बजारका मुख्य चोकहरु पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उहाले बताउनुभयो । त्यसबाट सहभागीहरुले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्नेछ । कार्यक्रमको लाइभ प्रशारण गर्ने व्यवस्था गरिएको छ । दुईवटा ड्रोन क्यामराले खिच्नेछन् ।
कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि सेल्फीस्थल र स्थायी संरचना निर्माण गरिनेछ । नदी किनारमा गैंडाको मुर्ती निर्माण गरिने तयारी रहेको छ । त्यो मूर्ति पछिसम्म रहनेगरी निर्माण गर्न लागेको उहाले बताउनुभयो । महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयं पार्टीले नै गर्ने उहाँले जानकारी दिनुभयो । फोहोर टिप्नका लागि पनि स्वयंसेवक खटाइने भएको छ ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















