रुपन्देहीमा पौडल पक्षमाथि देउवा पक्षको आक्रमण
अमृता अनमोल
बुटवल,४ मङ्सिर– कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ को मतगणना चलिरहँदा संस्थापन शेरबहादुर देउवा पक्ष आक्रमणमा उत्रिएको छ । मत गणनामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षका ५ जनामाथि आक्रमण गरेको हो ।
आक्रमणबाट क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ सख्त घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको निजी अस्पतालमा उपचार भइरहेको कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले जानकारी दिइन् ।
प्रदेश ३ ‘क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचनपछि साँझदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको थियो । सभापतिमा पौडेल पक्षले नेतृत्व गरेपछि राति साढे १ बजे तरुण दल रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङलगायतको समूहले नेटर बन्द गरी आक्रमण गरेको थियो । पौडेल पक्षका उम्मेदवारहरुलाई उनीहरुले मुक्का र लात्ती हानेको अर्यालले बताइन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ ।
संस्थापन पक्षका नेता एवं जिल्ला सचिव रामकृष्ण खाँणले भने मादक पदार्थ सेवन गरेर कार्यकर्ताबीच घम्साघम्सी हुँदा हात हालाहाल भएको बताए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रमा १६ सदस्यमध्ये १५ जनामा संस्थापन पक्षले जित हासिल गरेको छ । सभापतिका लागि मतगणना हुँदा मतगणनास्थल बाहिर हात हालाहाल भएको र मतगणना रोकिएको उनले जानकारी दिए ।कान्तिपुर
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















