अनेरास्ववियु स्याङ्जाद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

वालिङ,२६ कात्तिक– पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्ध अनेरास्ववियु स्याङ्जाले विरोध प्रदर्शनगरेको छ । शुक्रबार अनेरास्ववियु वालिङमा विरोध ¥याली सहित कोण सभा गरेको छ । वालिङ बहुमुखी क्याम्पसबाट निस्किीएको ¥याली भकुण्डेमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु स्याङ्जाका संयोजक सगुन रानाले तत्काल मुल्य वृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुँदा दैनिक उपभोग्य खाद्य वस्तुको समेत मुल्य वृद्धि हुने देखिएकाले यसको प्रत्यक्षमा मारमा विद्यार्थी र आम नागरिक पर्ने भएकाले यो मुल्य वृद्धि तत्काल फिर्ता लिन उहाँले आग्रह गर्नुभयो ।

मूल्य वृद्धिका विषयमा सरकार लाचारी देखिएको भन्दै आम नागरिकलाई प्रत्यक्ष मार पार्ने गरी भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताका लागि यो सांकेतिक दबाब रहेको अनेरास्ववियुले जनाएको छ । मुल्य वृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ । कार्यक्रममा जनता मार्न पाईँदैन् पेट्रोलियम पदार्थको मुल्य फर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेको थिए ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal