वालिङमा १८ वर्षमाथिका सबैलाई खोप लगाईने

वालिङ,२६ कात्तिक– वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
नगर वासीलाई कोभिड १९ को सङ्क्रमणबाट बचाउन नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र सहित १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आईसकेको नगर प्रमुख खाँणले बताउनुभयो । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेको नगर प्रमुख खाँणले भन्नुभयो ।

१८ वर्ष माथिका नागरिकहरुलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनीका नागरिकहरुलाई खोप लगाउनका लागि पहल शुरु गरेको नगर प्रमुख खाँणले बताउनुभयो । नगरबासीहरुको जीवन रक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियान अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

वालिङ नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याई नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाईने प्रमुख पाण्डेले बताउनुभयो ।

१८ वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाईने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करीब एक सय जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal