वालिङमा १८ वर्षमाथिका सबैलाई खोप लगाईने

वालिङ,२६ कात्तिक– वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
नगर वासीलाई कोभिड १९ को सङ्क्रमणबाट बचाउन नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र सहित १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आईसकेको नगर प्रमुख खाँणले बताउनुभयो । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेको नगर प्रमुख खाँणले भन्नुभयो ।

१८ वर्ष माथिका नागरिकहरुलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनीका नागरिकहरुलाई खोप लगाउनका लागि पहल शुरु गरेको नगर प्रमुख खाँणले बताउनुभयो । नगरबासीहरुको जीवन रक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियान अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

वालिङ नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याई नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाईने प्रमुख पाण्डेले बताउनुभयो ।

१८ वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाईने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करीब एक सय जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal