गल्याङमा बन्यो तीन सय क्षमताको सिटी हल

गल्याङ,२५ कात्तिक–स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङबजार नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो ।

भ्याट बाहेक तीन करोड ६६ लाख ३५ हजार तीन सय ४३ रुपैयाँ ७९ पैसामा निर्मित सिटी हल भवनको विहीबार गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको छ । निर्माण आयोजनाका तर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले गल्याङ नगरपालिकालाई सिटी हल भवन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा आयोजनाका प्रमुख इन्जिनियर झपटबहादुर थापाले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समयमा नै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले विकासको सन्दर्भमा स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनको महत्वपूर्ण हात हुने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘जनप्रतिनिधिहरु निश्चित समयका लागि मात्रै हुने भएकाले दीर्घकालिन योजनाहरु बनाउने मात्रै बढि हुन्छ । तर कर्मचारी प्रशासनले ती योजनाहरुलाई पुरा गर्ने हात रहेको हुन्छ ।’

उहाँले गल्याङ नगरपालिका पहिलो नगरपालिका भएकाले पूर्वाधार निर्माणमा विभिन्न समस्याहरु झेल्नुपरेको बताउनुभयो ।
आफ्नै प्रशासनीयक भवन निर्माण गर्नुपर्ने अवस्था भएकाले विकास निर्माणका अन्य पक्षमा पनि धेरै काम गर्न नसकिएको भन्दै नगरप्रमुख अधिकारीले अर्को कार्यकालका लागि धेरै पूर्वाधार निर्माण भैसकेकाले काम गर्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विकास निर्माणको प्रक्रिया एकैपटक नहुने भन्दै क्रमशः विकासको कामहरु अगाडि बढ्दै गएको बताउनुभयो । सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका आयोजना प्रमुख झपट बहादुर थापाले समयमा नै सिटी हल हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal