कालीगण्डकी गाउँपालिकाले गर्यो फूल बिक्री(फोटोफिचर)


कला राना
स्याङ्जा,१८ कत्तिक– कालीगण्डकी गाउँपालिकाले फूल बिक्री गरेको छ । फूलखेतिका माध्यमबाट स्थानीय बासिन्दालाई रोजगारी दिने योजना अनुसार १९ रोपनी जमीनमा लगाएको सयपत्री फूल गाउँपालिकाले तिहारको अवसर पारेर बिक्री गरेको हो ।

गाउँपालिकाले सुरु गरेको फूलखेतिबाट करिब ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिका बासिलाई फूलखेतिमा लाग्ने प्रेरणा मिलेको छ । गाउँपालिकाले लगाएको फूलखेतिमा स्थानीयले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । फूल रोपने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने काम सम्म आइपुग्दा करिब ४ सय जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।

सयपत्री कर्मा ५ सय ५५ जातको फूल लगाईएकोमा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ । तिहार अघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पुजाँपाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैचामै आएर ग्राहकले फूल लगेका छन् । सयपत्री कर्मा ५ सय ५५ जातको फूल मंसिर सम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको छ भने अन्य कोपिला लागिरहेका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले देशभरका ७ प्रदेशमध्ये ४ प्रदेशमा कालीगण्डकी गाउँपालिकामा उत्पादन भएको फूल पुगेको बताउनुभयो ।

गण्डकी प्रदेशसंगै लुम्बिनी, बाग्मती र कर्णाली प्रदेशसम्म पालिकाले उत्पादन गरेको फूल निर्यात गरिएको पौडेलले जानकारी दिनुभयो । थुंगा फूल र फूलको माला गरी २ हजार २ सय किलो फूल बिक्री गरिएको अधिकृत पौडेलले बताउनुभयो । अधिकृत पौडेलले भन्नुभयो, “पहिलो पटक गरिएको फूलखेतिले राम्रै सफलता मिलेको छ ।, शुरुमा फूल बिक्री नहुँने हो की भन्ने चिन्ताका साथ गरिएको फूलखेति बिक्रीको लागि कुनै समस्या नभएपछि हामीलाई उत्साहित बनाएको छ ।” माग धान्न समेत गाह्रो भएकाले आफुहरु फूल खेतिबाट थप उत्साहित भएको अधिकृत पौडेलले बताउनुभयो ।

व्यवसायिक रुपमा धेरै उत्पादन गरिएमा बजारको समस्या नहुँने रैछ भन्ने अनुभव समेत फूलखेतिबाट प्राप्त गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्वर ७ बारीचौरमा ५ र वडा नम्वर ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । पालिकाले पहिलो पटक शुरु गरेको व्यवसायिक फूल खेति सफल भएपछि हरेक वडामा व्यवसायिक फूल खेतिका लागि कृषकहरु हौसिएका छन् ।
बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना रहेको छ, भने विर्घामा गरिएको ड्रागन खेतिसंगै फूलखेति समेत गरिएको थियो । पालिकाले १४ सय पिलरमा ४८ सय बेर्ना ड्रागन फ्रुटको समेत खेति गरेको छ । २४ सय रोपनीमा फैलिएको ड्रागन खेतिमा तरकारी खेति समेत गरिएको छ । पहिलो पटक गरिएको फूलखेतिबाट किसानहरु उत्साहित भएकोले आगामी वर्षमा हरेक वडामा फूलखेति विस्तार गरिने गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “गाउँपालिकाले स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बिउ, प्राविधिक सहयोग समेत उपलब्ध गराएकर कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको गाउँपालिका बनाउने योजना अनुसार हामी काम गर्छौ ।” काम गर्ने किसानहरुलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यका गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुसेयाइ नगर्ने अध्यक्ष थापाले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको जिम्मा समेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ थियो । कृषिका माध्यमबाटै स्थानीय नागरिकलाई स्वरोजगार बनाउने योजना अनुसार गाउँपालिकाले ने पहिलो चरणमा फूल र ड्रागन खेतिको शुरु गरेको अध्यक्ष थापाले बताउनुभयो । फूलखेतिमा साढे ३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal