एमाले वालिङ नगर अध्यक्षमा पौडेल


वालिङ,१२ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) वालिङ नगर कमिटीकोे अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ । कात्तिक ९ गते मंगलबारदेखि सुरु भएको प्रथम एमाले नगर अधिवेशनमा अध्यक्ष पदका आकांछी धेरै भएपछि सहमतिको लागि भन्दै अधिवेशन शुक्रबार सम्म लम्बीएको थियो ।

वडा वडाबाट छानिएर आएका एमालेका प्रतिनिधिहरुले नेतृत्व सहमतिका आधारमा चुनिनुपर्ने मतदानमा जान नहुने भन्दै दवाब दिएपछि सहमतिको लागि भन्दै निर्वाचन कमिटीले समय थप गरेको थियो ।
अध्यक्षका आकांछी पुण्यप्रसाद अर्याल, यामकान्त खनाल र चोपनारायण श्रेष्ठले अन्तिम समयमा आएर पौडेलको पक्षमा सहमति जनाएपछि एमाले वालिङ नगर कमिटीको अध्यक्षमा शोभाकान्त पौडेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचन मण्डलका अध्यक्ष यामबहादुर कुँवरले सहमतिका आधारमा शोभाकान्त पौडेलको अध्यक्षतामा ७५ सदस्सिय नगर कमिटी गठन गरिएको जानकारी दिनुभयो ।
नवनिर्वाचि अध्यक्ष पौडेलले सबैको भावना र मर्मलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर अगाड बढ्ने बताउनुभयो । जिल्लाकै केन्द्र भागमा रहेकोले वालिङ नगर कमिटीको नेतृत्व लिन एमाले नेताहरु बिच रश्सा कश्सि चलेकोे थियो ।
नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा यमकान्त खनाल र उपसचिवमा शुशिल खनाल(पिताम्वर) उमेशबहादुर दर्लामी,सीतु गुरुङ लगायत सबै पदमा सर्वसम्वत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal