एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी
गल्याङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । गल्याङ नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गैह्रेले आगामी निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा आउने दावी गर्नुभयो ।
उहाँले देशभर एमालेको पक्षमा जनलहर आइरहेको भन्दै यो अधिवेशन पछि एमाले अझै सशक्त रुपमा उभिने बताउनुभयो । अध्यक्ष गैह्रेले भन्नुभयो, ‘एमालेको शक्ति देखेर विपक्षीहरु अत्तालिएका छन् । हामीले संगठनलाई अझै मजबुद बनाउनुको विकल्प छैन ।’ कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य पुण्य भुसालले जेष्ठ नागरिकलाई भत्ता वितरणदेखि हालसम्म एमालेले जनपक्षीय काम मात्रै गरिरहेको बताउनुभयो । वडा अधिवेशनदेखि अहिलेसम्म आउँदा एमालेको जनसंगठन बन्ने क्रम बढिरहेको भन्दै उहाँले यसलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पार्टी एकता पछि पार्टी कमिटीहरु व्यवस्थित हुन नसकेको भन्दै अहिले पार्टी कमिटी व्यवस्थित हुन थालेको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकामा एमाले विभाजन नभएको दावी पनि गर्नुभयो । अधिकारीले भन्नुभयो, ‘एमाले पहिले भन्दा बढि एकताबद्व छ, एमाले कमजोर भयो भनेर विपक्षीले आँखा चिम्स्याउन र दिउसै सपना देख्न जरुरी छैन ।’
उहाँले समाजवाद उन्मुख अर्थ व्यवस्था सहित जनजीविकाको सवालमा पार्टी अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । अधिकारीले विधि, नीति मान्ने र गुटबन्दी नगर्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा मगरले व्यवस्थित ढंगले वडा अधिवेशन सम्पन्न भइसकेको भन्दै एमालेलाई शक्तिशाली पार्टीको रुपमा विकास गर्न अधिवेशनको विशेष महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, जिल्ला समन्वय समितिका सदस्य धनमाया विश्वकर्मा, नगर कमिटि सचिवालयका सचिव छविलाल भूषाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















