एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी


गल्याङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । गल्याङ नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गैह्रेले आगामी निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा आउने दावी गर्नुभयो ।

उहाँले देशभर एमालेको पक्षमा जनलहर आइरहेको भन्दै यो अधिवेशन पछि एमाले अझै सशक्त रुपमा उभिने बताउनुभयो । अध्यक्ष गैह्रेले भन्नुभयो, ‘एमालेको शक्ति देखेर विपक्षीहरु अत्तालिएका छन् । हामीले संगठनलाई अझै मजबुद बनाउनुको विकल्प छैन ।’ कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य पुण्य भुसालले जेष्ठ नागरिकलाई भत्ता वितरणदेखि हालसम्म एमालेले जनपक्षीय काम मात्रै गरिरहेको बताउनुभयो । वडा अधिवेशनदेखि अहिलेसम्म आउँदा एमालेको जनसंगठन बन्ने क्रम बढिरहेको भन्दै उहाँले यसलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पार्टी एकता पछि पार्टी कमिटीहरु व्यवस्थित हुन नसकेको भन्दै अहिले पार्टी कमिटी व्यवस्थित हुन थालेको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकामा एमाले विभाजन नभएको दावी पनि गर्नुभयो । अधिकारीले भन्नुभयो, ‘एमाले पहिले भन्दा बढि एकताबद्व छ, एमाले कमजोर भयो भनेर विपक्षीले आँखा चिम्स्याउन र दिउसै सपना देख्न जरुरी छैन ।’

उहाँले समाजवाद उन्मुख अर्थ व्यवस्था सहित जनजीविकाको सवालमा पार्टी अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । अधिकारीले विधि, नीति मान्ने र गुटबन्दी नगर्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा मगरले व्यवस्थित ढंगले वडा अधिवेशन सम्पन्न भइसकेको भन्दै एमालेलाई शक्तिशाली पार्टीको रुपमा विकास गर्न अधिवेशनको विशेष महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, जिल्ला समन्वय समितिका सदस्य धनमाया विश्वकर्मा, नगर कमिटि सचिवालयका सचिव छविलाल भूषाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal