एमालेको विरुद्धमा गठबन्दनः पूर्व मन्त्रीअर्याल


वालिङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पदमाकुमारी अर्यालले नेकपा एमालेका विरुद्ध गठबन्दन गरिएपनि त्यसको एमाले एकलैले डटेर सामना गर्ने बताउनुभयो ।

नेकपा एमाले वालिङ नगरकमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै अर्यालले सो कुरा बताउनुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री अर्याले एमालेका विरुद्ध गठबन्दन गरेका दलहरु अहिले एमाले प्रति देखिएको जनलहरले अत्तालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको विरुद्धमा बनेको गठबन्दन अहिले एमाले प्रति देखिएको जनताको जनलहरले अत्तालिएकाछन् । त्यसैले आगामी चुनावमा एमाले सँग एकलै निर्वाचनमा जाने आट नभएर गठबन्दनलाई चुनाव सम्म कायम राख्नुपर्ने कुरा चलिरहेको छ, यो नै एमाले देशको ठुलो शक्तिहो भन्ने कुरा बुज्न गाह्रो छैन ।”

एमाले कार्यक्रता अनुसाशित र सरल हुनुपर्ने बताउदै अर्यालले सबैको सम्मान गर्न समेत कार्यक्रतालाई आग्रह गर्नुभयो । उहाँले सुखि नेपाली समृद्ध नेपालको नारा संगै समाजवादको गन्तव्यमा पुग्नको निम्ति नेकपा एमाले थप क्रियाशिल हुन आवश्यक रहेको बताउनुभयो । एमालेका विरुद्धमा फैलाइएका भ्रमहरुलाई चिरदै अगाडी बढ्न समेत उहाँले कार्यक्रतालाई आग्रह गर्नुभयो । अधिवेशनमा सक्षम र सवल नेतृत्व चयन गर्नुपर्ने बताउदै उहाँले नेताको आवश्यकता अनुसार व्यवस्थापन गरिने र नेतृत्वको लागि विवाद नगरी सर्वसम्मतीबाट नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो ।

एमाले गण्डकी प्रदेश सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मीले नेकपा एमालेमा कुनै गुट नरेको र सहमतिका आधारमा नेतृत्व चयन हुने बताउदै एमालेलाई कम्जोर बनाउन सकिन्छ की भनेर अनावश्यक हल्ला चालाएकोमा असन्तुष्टी जनाउदै त्यसप्रकारका हल्ला नचलाउन समेत चेतावनी दिनुभयो । एमाले एक ढिक्का छ यसमा कसैले संका गर्नु पर्दैन प्रदेश सांसद रेग्मीको भनाइ थियो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले अहिलेको आवश्यक्ता सहमतिको आधारमा नेतृत्व चयन गर्ने रहेको भन्दै यो अभियानको लागि सहयोती भूमीका खेल्न समेत कार्यक्रताहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा एमाले नेताहरु लक्ष्मीपती पौडेल, कृष्ण खाँण, उदय श्रेष्ठ, हुमबहादुर गुरुङ, खगिसरा थापा, भरत बगाले लगायतले बोल्नुभएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal