गल्याङकी बसन्ती एक हप्ता देखि बेपत्ता
वालिङ,५ कात्तिक– गल्याङकी एक महिला एक हप्तादेखि बेपत्ता हुनुभएको छ । गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडाकी ३५ वर्षीया बसन्ती थापा एक हप्तादेखि बेपत्ता हुनुभएको हो ।
बेपत्ता बसन्ती थापाको खोजीका लागि उहाँका श्रीमान चन्द्र बहादुर थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिनुभएको छ । एक हप्ता पहिले बिहानको समयमा घरबाट निस्किनुभएकी थापा अहिले सम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । थापाले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हुनसक्ने श्रीमानको भनाइ रहेको छ । विवाह भएको १८ वर्ष भएको र अहिले सम्म आफुहरु बिचमा झैझगडा समेत नभएको चन्द्रबहादुरको भनाइ रहेको छ ।
एक छोरा र दुई छोरीकी आमासमेत रहेकी बसन्ती एक्कासी सम्पर्क विहिन भएपछि परिवार चिन्तित बनेको छ । बसन्ती थापाको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















