आज देशभर एमालेको वडा अधिवेशन
स्याङ्जा,६ कात्तिक– नेकपा (एमाले)ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन सम्पन्न गर्दैछ । एममालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुने एमालेले जनाएको छ ।
आज हुने वडा अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीकेपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहकोछ । बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा सम्मन्न गर्ने समेत तयारी भइरहेको छ ।
एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यसै बिच नेकपा एमाले स्याङ्जाले जिल्लाका ९७ वटै वडामा केन्द्रको सर्कुलर अनुसार आज वडा अधिवेशन हुने जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















