उपल्लो मुस्ताङबाट दुई ड्रोन प्रहरी नियन्त्रणमा

अमृतप्रसाद पौडेल
बेनी,३ कात्तिक– हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिनाअनुमति उडाइएको मानवरहित हवाई उपकरण (ड्रोन) सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमा प्रहरीचौकी लोमान्थाङका प्रहरी नायव निरीक्षक (सई) डोलराज भण्डारी नेतृत्वको प्रहरी टोलीले असोज ३० गते र कात्तिक २ गते गरी दुई ड्रोनसहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रताप पौडेलले बताउनुभयो । उहाँकाअनुसार २०७८ आसोज ३० गते बिहान साढे ७ बजे लोमान्थाङ गाउँपालिका– ५ लोमान्थाङमा ड्रोन उडाउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका– ११ का ३९ वर्षीय राजेश शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी गएको मंगलबार २ गते काठमाडौं महानगरपालिका– ३१ का ३५ वर्षीय निशेक बस्नेतलाई बिहान १० बजेर २० मिनेट जाँदा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जोमसोम पठाइएको सीमा प्रहरीचौकी लोमान्थाङका सई भण्डारीले नियन्त्रणमा लिएर जिल्ला पठाउनुभएको इन्सपेक्टर पौडेलले बताउनुभयो । नियन्त्रणमा लिएको दुवै जनाबाट बरामद ड्रोनसहित नागरिक उड्ययन कार्यालय मुस्ताङलाई आवश्यक कारवाहीको लागि बुझाइएको प्रहरीले जनाएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेग निषेधित क्षेत्र भएकाले त्यस क्षेत्रमा विना अनुमति ड्रोन उडाउने जस्ता गतिविधि निषेध गरिएको छ । प्रहरीले मुस्ताङ प्रवेश गर्ने नाका घाँसा तथा जोमसोम विमानस्थलमा पनि उपल्लो मुस्ताङ वा जिल्लाका कुनै पनि क्षेत्रमा ड्रोनको प्रयोग नगर्न अनुरोध गरिएको भएपनि लुकिछिपि ड्रोन उडाउने गरेको स्थानीयको गुनासो छ । उडाएको ड्रोन भेटेपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने गरेको इन्सपेक्टर पौडेलले बताउनुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङका प्रमुख पुस्कलराज शर्माले दुईवटा ड्रोन प्रहरीले आफूलाई बुझाएको र सोको बारेमा सम्बन्धीत निकायमा जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यक कारवाहीका लागि सम्बन्धीत निकायमा जानकारी गराएको छु ।”

मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि–२०७५ को बुँदानम्बर ११ मा निषेधित क्षेत्र भनेर धार्मिक, पुरातात्विक, ऐतिहासिक वा नियन्त्रित क्षेत्र भनी तोकिएका क्षेत्रमा उडान गर्न नपाइने भनेर उल्लेख गरिएको छ । त्यस्तै बुँदानम्बर १२ को (क) मा नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेर मात्रै उड्डयनको अनुमति लिनुपर्ने भएपनि मुस्ताङमा उडान गरिएको उपकरणले कुनै प्रक्रिया पुरा नगरेको देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।स्रोतः गोरखापत्र

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal