एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा
प्रकाशविक्रम शाह /कृतबहादुर विष्ट
धनगढी,५ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताउनुभएको छ ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनु भएको हो ।
सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी÷पहिरोले पारेको क्षति बुझेर धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवाले बाढी÷पहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्याउनुभयो ।
उहाँले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको पनि बताउनुभयो । फरक प्रसंगमा उहाँले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताउनुभयो ।स्रोतः गोरखापत्र
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















