फुलबारी सहकारीद्वारा शुभकामना आदानप्रदान
वालिङ,२६असोज– वालिङ १० भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले विजया दशमीको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले संस्थाको तर्फबाट शुभकामना दिनुका साथै फुलबारी सहकारीले गरेको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाको कार्यमा कोरोना संक्रमणका विच पनि सबैको सहयोग र योगदानका कारण प्रगति भइरहेको बताउदै संस्थाको शाखा विस्तार गर्ने योजनामा संञ्चालक समिति रहेको समेत अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा स्याङ्जा काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कंडेल, संस्थाका सहल्लाहाकार राजेन्द्र गैह्रे, लोकनाथ अर्याल, संस्थाका कोषाध्यक्ष चेतनारायण श्रेष्ठ, प्रेस चौतारी स्याङ्जाका पूर्व अध्यक्ष हिमलाल पराजुली, शिक्षा उपसमितिका संयोजक रेशम आले, महिला उपसमिति संयोजक श्यामला काफ्ले, संस्थाको कर्मचारीहरुको तर्फबाट ऋण शाखा प्रमुख राजन सुवेदी लगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । स्थापना भएको छोटो समयमा नै फुलबारी बचत तथा ऋण सहकारी संस्थाले राम्रो प्रगति गर्न सफल भएको छ । संस्थामा १४ सय बढि शेयर सदस्य रहेका छन् भने वालिङ नगरपालिका १४ डुम्रेभञ्ज्याङ्मा समेत शाखा कार्यालय स्थापना गरेर सेवा दिदै आएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार























