फुलबारी सहकारीद्वारा शुभकामना आदानप्रदान


वालिङ,२६असोज– वालिङ १० भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले विजया दशमीको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले संस्थाको तर्फबाट शुभकामना दिनुका साथै फुलबारी सहकारीले गरेको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाको कार्यमा कोरोना संक्रमणका विच पनि सबैको सहयोग र योगदानका कारण प्रगति भइरहेको बताउदै संस्थाको शाखा विस्तार गर्ने योजनामा संञ्चालक समिति रहेको समेत अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा स्याङ्जा काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कंडेल, संस्थाका सहल्लाहाकार राजेन्द्र गैह्रे, लोकनाथ अर्याल, संस्थाका कोषाध्यक्ष चेतनारायण श्रेष्ठ, प्रेस चौतारी स्याङ्जाका पूर्व अध्यक्ष हिमलाल पराजुली, शिक्षा उपसमितिका संयोजक रेशम आले, महिला उपसमिति संयोजक श्यामला काफ्ले, संस्थाको कर्मचारीहरुको तर्फबाट ऋण शाखा प्रमुख राजन सुवेदी लगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । स्थापना भएको छोटो समयमा नै फुलबारी बचत तथा ऋण सहकारी संस्थाले राम्रो प्रगति गर्न सफल भएको छ । संस्थामा १४ सय बढि शेयर सदस्य रहेका छन् भने वालिङ नगरपालिका १४ डुम्रेभञ्ज्याङ्मा समेत शाखा कार्यालय स्थापना गरेर सेवा दिदै आएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal