डाँडा कटानका लागि सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

गण्डकी,२५ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आफूलाई खुसी लागेको बताउनुभएको हो ।

विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।”

प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

पूर्ववत् सम्झौताअनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण निर्धारित समयमा पूरा हुन नसकेको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग ९रनवे० गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान गर्ने काम भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य प्रवेशद्वारको सडक निर्माण सम्पन्न भएर सडकको बीच भागमा सडक बत्ती जडान गरिएको छ ।

जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि विसं २०३१ मा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

प्रधानमन्त्रीको निरीक्षणका क्रममा आयोजनाका तर्फबाट रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल निगमको डिपो निर्माण आदि काममा ढिलाइलगायतका विषयमा बुँदागतरुपमा जानकारी गराइएको आयोजना प्रमुख मुनकर्मी बताउनुभयो ।

उहाँले भन्नुभयो, “एप्रोचमा पर्ने रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपो र वर्षातको समयमा नहरको पानीको समस्या समाधान गर्न ठोसरुपमा काम अघि बढ्न सकेको छैन, यसका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ ।”रासस

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal