विकास निर्माणका योजना वर्तमान सरकारले कटौती गर्यो ः पूर्व मुख्यमन्त्री गुरुङ

विकास निर्माणका योजना वर्तमान सरकारले कटौती गर्यो ः पूर्व मुख्यमन्त्री गुरुङ

वालिङ,२२ असोज– गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफुहरुको सरकारले ल्याएको विकास निर्माणका कामहरु वर्तमान सरकारले कटौती गरेको बताउनुभएको छ । शुक्रबार अर्जुनचौपारी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेता एवं पूर्व मुख्यमन्त्री गुरुङले सरकार जनतामैत्रि बन्न नसकेको बताउनुभएको हो ।
नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाद्वाारा आयोजित भेलामा एमाले सचिव समेत रहनुभएका गुरुङले केहि नेता चोइटिएर गएपनि एमाले पार्टी झनै सशक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवसरबादी केहि व्यक्ति पार्टीबाट अलग भएपनि यसले पार्टीलाई झनै एकढिक्का बनाएको छ । अवसरबादीहरुको भविष्य दिगो हुँदैन् । जनताको हितमा काम गर्नेलाई निर्वाचनमा जनताले नै मुल्यांकन गर्नेछन् ।’
कार्यक्रममा पूर्व मन्त्री पद्माकुमारी अर्यालले पहिलेको सरकारले गरेका कामहरु अहिलेको सरकारले गरेको भन्दै जस लिन खोजेको बताउनुभयो । जनताका लागि कोभिड विरुद्ध खोपलगायतका विभिन्न कार्यक्रमहरु केपी ओली सरकारकै कार्यक्रम रहेको भन्दै वर्तमान सरकारले जस लिन मात्रै खोजेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य द्वोय मोहन रेग्मी र मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, अनेरास्ववियु पूर्व केन्द्रय उपाध्यक्ष रश्मी आचार्य लगायतले बोल्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal